गोकर्ण पौडेल
तुलसीपुर, असार २ गते । तुलसीपुर उपमहानगरपालिका– ७ घुसेरीमा एक एक गोठमा चट्याङ लाग्दा पशु चौपाया मरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीका सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका दुई वटा भैंसी, तीन वटा खसी, एक वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार चट्याङ एक भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।