• २९ माघ २०८१, मङ्गलबार

ह्वाइटफिल्ड उत्कृष्ट

blog

काठमाडौँ, माघ २९ गते । विज्ञान प्रदर्शनीमा डढेलो नियन्त्रण प्रणालीको नमुना बनाएको नयाँबजारस्थित ह्वाइटफिल्ड स्कुल उत्कृष्ट बनेको छ । सो विद्यालयका विद्यार्थीले जङ्गलमा आगलागी हुँदा नजिकका घरहरूमा आगलागी फैलन नदिन नमुना घर तथा प्रणाली प्रस्तुत गरेका थिए । 

कक्षा ५–७ तर्फ आयोजक रेडक स्कुल र कक्षा ८–१० समूह अन्तर्गत पिपुल्स फ्रेन्डसिप एकेडेमी विजयी भएका छन् । त्यस्तै ‘रोब सकर’ प्रतिस्पर्धामा समृद्धि स्कुल विजयी भएको छ । कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सचिव डा. रवीन्द्रप्रसाद ढकालले यस्ता प्रतिस्पर्धाले आगामी दिनमा जनशक्ति तयार गराउन कोसेढुङ्गा बन्ने बताउनुभयो ।  त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा. महेशकुमार जोशीले विद्यार्थीको सिर्जनशीलता,  प्रस्तुतीकरण र प्रविधिको प्रयोग जस्ता कुरामा ध्यान दिएर मूल्याङ्कन गरिएको बताउनुभयो ।