• २९ माघ २०८१, मङ्गलबार

चौथो यले दोङ बास्केटबलको उपाधि धरान मेघा कलेजलाई

blog

निशा राई 

धरान, माघ २९ गते । चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबलको उपाधि महिलातर्फ धरान मेघा हिमालयन कलेज र पुरुषतर्फको उपाधि झुनाज फिटेनसले चुमेको छ । किराँत राईहरूको नयाँ वर्ष यले दोङ ५०८५(यलम्वर संवत) को अवसरमा आयोजित प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा धरान मेघाले रेड डेभिल्सलाई ८–७ अङ्कको अन्तरले पराजित गर्यो ।

धरान मेघा हिमालयन कलेजले जितसँगै यले दोङ उपाधिमा ह्याट्रिक गरेको छ । यो कलेजको लगातार तेस्रो जित हो । धरान मेघाले उपाधिसँगै नगद बिस हजार, ट्रफि, मेडल, प्रमाणपत्र, धरान बिजनेस एक्सपोको र फ्रेन्डस सिनेमाको फ्रि टिकट प्राप्त गरेका छन् । उपविजेता रेड डेभिल्सले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

यसैगरी पुरुषतर्फको फाइनल खेलमा झुनाज फिटनेसले यलम्वर बास्केटबल क्लबलाई १६–१२ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको छ । उपाधिसँगै झुनाज फिटनेसले नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र र धरन बिजनेस एक्सपो र फ्रेन्डस सिनेमाको फ्रि टिकेट प्राप्त गरेका छ । उपविजेता यलम्वर क्लबले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर एमभिपीको उपाधि महिलातर्फ धरान मेघा कलेजका सितल तामाङ र पुरुषतर्फ झुनाज फिटनेसका कविन मगर घोषित हुनुभयो । उहाँहरूले जनही नगद २ हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्स सिनेमाको फ्रि टिकेट प्राप्त गर्नुभयो । 

उहाँहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, सुनसरी बास्केटवल सङ्घका अध्यक्ष नारायण सुवेदी, किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, सुनसरी अध्यक्ष राजेन्द्र राई, पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, जसपा नेपालका धरान कमिटी अध्यक्ष ताज्जुव लिम्बू लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।