• १३ असार २०८२, शुक्रबार

दश लाख रुपियाँ सहित एक जना पक्राउ

blog

श्रोत नखुलेको रकम सहित पक्राउ परेका गौर–१ का करमान अलि । तस्बिर: गोरखापत्र

प्रवीण कुमार शर्मा 

रौतहट, असार १२ गते । रौतहटबाट स्रोत नखुलेको  रु १० लाख  चार हजार पाँच सय रुपैयाँ  रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका गौर  नगरपालिका–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय महम्मद करमान  अलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले भन्सार कार्यालय अगाडि सार्वजनिक सडक खण्डमा चेकिङको  क्रममा अलिलाइ  पक्राउ गरेको हो । 

बि आर ०५ एइ ६७०५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अलिले मोटरसाइकलको सिटमुनि र हेल्मेटमा लुकाएर राखेको रु  १० लाख  चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

उक्त रकमको श्रोत खुलाउन नसकेकोले प्रहरीले अलिलाई उक्त रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि गौर भन्सार कार्यालयमा  बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले  जानकारी दिनुभयो ।