• १३ असार २०८२, शुक्रबार

लागु औषध सिङ्गो राष्ट्रको समस्या हो : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

रमेश पौडेल

पोखरा, असार १२ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागु औषधको प्रयोगबाट सिर्जित समस्या व्यक्ति, घर परिवार, समाज र सिङ्गो राष्ट्रको समस्या भएको बताउनुभएको छ। 

लागु औषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कास्कीले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको समापन एवं बिहीबार भएको प्रभातफेरी कार्यक्रममा उहाँले लागु औषध दुव्र्यसनीका कारण अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक विखण्डन समाजमा बढ्न थालेको बताउनुभयो। 

देशभर र गण्डकी प्रदेश भित्र पनि लागु औषधको प्रयोग दर र यसबाट हुने अपराधिक घटना हरेक वर्ष बढ्दै गएकाले यसप्रति सबै संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो। यस्ता घटनामा युवाको संलग्नता धेरै देखिएको उल्लेख गर्दै उहाँले युवाको व्यवहार, हाउभाउ, जीवनशैलीमा ध्यान दिँदै युवा अवस्थामा साथीजस्तो भएर उनीहरुका सबै गतिविधिको सूक्ष्म अध्ययन गर्नुपर्ने बताउनुभयो। 

जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले लागुऔषध दुव्र्यसनी, यसका असर बारेमा सचेतना फैलाउँदा बालबालिकालाई लागु औषधको असर बारे सचेत गराउन सकिने बताउनुभयो। 

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अभियानमा सामाजिक संघसंस्था, संचार माध्यम सबैले यसको प्रयोगमा दुरुत्साहन गर्ने खालका गतिविधि संचालन गर्ने र यस्ता अभियानमा युवालाई सहभागी गराउने हो भने दुव्र्यसनीबाट टाढा राख्न सकिने बताउनुभयो।