• २९ माघ २०८१, मङ्गलबार

रमेश र टेकबहादुर जोडीलाई भेट्रान कपको उपाधि

blog

नेपालगन्जमा आयोजित आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताका बिजेता खेलाडिलाई पुरस्कार प्रदान गरिदैं । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ २९ गते । नेपालगन्ज उपमहानगरपालिका वडा –१ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा आयोजित प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेकबहादुर गुरुङको जोडीले जित्न सफल भएको छ । 

सोमबार राति प्रशिक्षण केन्द्रमा आयोजित फाइनल प्रतिष्पर्धामा श्रेष्ठ र गुरुङ्गको जोडीले किशोर आचार्य र ऋषिजङ्ग शाहको जोडीलाई २१–११ र २१–१२ को सोझो सेटमा पराजित गर्न सफल हुनुभयो । यसैगरी जनार्दनरत्न मल्ल र अर्जुन खड्का तथा भोलानाथ सिटौला र अर्जुन रानाको जोडी तृतीय भएको छ । 

खुलातर्फ कमल देवकोटा र अजबहादुर शाहीको जोडी प्रथम भएको छ । देवकोटा र शाहीको जोडीले पदम चौधरी र बुद्धीलाल श्रेष्ठको जोडीलाई पराजित गर्दै प्रथम भएको हो । खुलामा सन्दिप चौधरी र मनु गुप्ता तथा सन्तोष शाही र मदनराज उपाध्यायको जोडी तृतीय भएको छ । 

प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार भेट्रानमा २० र खुलामा २६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समापनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट र वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालको जोडीबिच मैत्रीपूर्ण प्रतिष्पर्धा भएको थियो ।