• २९ माघ २०८१, मङ्गलबार

ग्वाटेमाला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

blog

सांकेतिक तस्बिर

काठमाडौँ, माघ २९ गते ।  ग्वाटेमाला सहरमा सोमवार ७५ जना यात्रु बाेकेको बस खोलामा खस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो ।

ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनामा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गर्नुभयो । 

उहाँले विपद् न्यूनीकरणका लागि राष्ट्रिय संयोजकलाई घटनास्थलमा उपस्थित हुन र घाइतेहरूको लागि विशेष चिकित्सा हेरचाह मापदण्ड सक्रिय गर्न निर्देशन दिनुभएको छ । 

सिन्ह्वाको सहयोगमा