• ३० माघ २०८१, बुधबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. नइ प्रकाशनद्वारा २०८० सालको नइ चन्द्रधन पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

प्रा.चेतोनाथ शर्मा आचार्य 

नइ भूपालदुर्गा पुरस्कार : संस्कृतिविज्ञ हरिराम जोशी 

नइ देरुनिख सुकीर्ति पुरस्कार : प्रा. गोपीकृष्ण शर्मा 

नइ कीर्तिनिधि पुरस्कार : प्राडा मोहन लोहनी

नइ भावि पुरस्कार : न्युरो सर्जन डा. वसन्त पन्त

नइ भाजप पुरस्कार : कमल प्रधान र ध्रुव थापा (संयुक्त रूपमा) 

नइ रेखा पुरस्कार : साहित्यकार रञ्जुश्री पराजुली 

नइ धनरूप पुरस्कार :  शान्तिनारायण श्रेष्ठ 

नइ बुलु शर्मा पुरस्कार : राधिका गुरागाई 

(उपरोक्त सबै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको ।)

नइ देरुनिख प्रदीप्ति पुरस्कार : कृष्णप्रसाद बस्याल (राशि : रु. ६० हजार)

नइ कपिल शोध पुरस्कार : साहित्यकार ठाकुर शर्मा भण्डारी (राशि : रु ५० हजार)

नइ देरुनिख गौरव पुरस्कार : झापाका धनकुटे कान्छा (राशि : रु ५० हजार)

नइ रामलक्ष्मी पुरस्कार : रजनी थकाली, पोखरा (राशि : रु. ५० हजार)

नइ देरुनिख पौरख पुरस्कार : मनिषा राजवंशी (राशि : रु. २५ हजार)


२. सरकारले रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?

विसं २०८१ माघ १० 

विभिन्न सर्तसहित रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको । 

कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याएबिना अनुमति धपाउन, लखेट्न र पक्रन पाइने छ । त्यसक्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहबरमा मुचुल्का उठाइ गाड्नसमेत पाइने छ । 

लखेट्ने वा पक्रने क्रममा म¥यो भने त्यस्तो बाँदरको सङ्ख्याको विवरण राख्नुपर्ने गरी सर्त तोकिएको । 

सरकारले यसअघि जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेकोमा थप एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो सँगै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेक जङ्गली बँदेललाई बिनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने भएको छ । धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेल मरे त्यसलाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित स्थानीय पाँच व्यक्तिको रोहवरमा सम्बन्धित वडाभित्र उपयोग गर्न वा गाड्न पाइने छ । 


३. नेपालले आठ हजार मिटर अग्ला आठ हिमालसहित कति वटा हिमाल आरोहणका लागि खुला गरेको छ ?

४६१


४. ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल निर्वाचन आयोगमा कहिले दर्ता भयो ?

विसं २०८१ माघ ८

नेता राजेन्द्र महतो नेतृत्वको सो पार्टी निर्वाचन आयोगमा दर्ता भई आयोगले प्रमाणपत्र प्रदान गरेको । 

सो पार्टीलाई ग्यास सिलिन्डर चुनावचिह्न प्रदान गरिएको । साथै गाढा निलो रङको आयतकार झण्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डासमेत प्रदान गरिएको । 


५. इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद् (युएनएचआरसी) बाट अलग हुने घोषणा कहिले गरेको हो ?

सन् २०२५ फेब्रुअरी ६

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रसङ्घको शीर्ष मानव अधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको । 


६. विसं २०८१ माघमा सम्पन्न २५ औँ संस्करणको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

एनआरटी 

धरान रङ्गशालामा सम्पन्न फाइनलमा साबिक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको । एनआरटी लगातार दोस्रो पटक बुढासुब्बा गोल्ड कपको उपाधि जित्न सफल भएको । एनआरटी १० औँ संस्करणको उपाधि बिजेतासमेत हो । 

विजेता एनआरटीले १० लाख रुपियाँ र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपियाँ पुरस्कार राशि प्राप्त गरेका । 

सर्वाधिक गोलकर्ता : चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड भिदोङ घोषित भएका । 

उत्कृष्ट खेलाडी : शिशिर लेखी (एनआरटी)

उत्कृष्ट गोलकिपर : प्रमिजय गच्छदार (एनआरटी)

उत्कृष्ट प्रशिक्षक : हरिओम श्रेष्ठ (एनआरटी)

उत्कृष्ट फरवार्ड : समीर तामाङ (चर्च ब्वाइज) 


७. अमर नेम्बाङ स्मृति साहित्यिक सम्मान कसलाई प्रदान गरियो ?

साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृति (पुरस्कार राशि : जनही ५० हजार रुपियाँ)

(हरेक वर्ष स्मृति दिवसमा दुई जना साहित्यकारलाई सम्मान गरिँदै आएको ।)


८. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ सालमा प्रदान गरिने सुशासन पुरस्कारबाट कसलाई सम्मान ग¥यो ?

रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) 

आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको । 

पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पु¥याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको । 

९. नेपाल र चीन दुवैतर्फबाट सगरमाथा चढ्ने पहिलो महिला पर्वतारोही को हुन् ?

क्यान ओ डोड 


१०. आइसिसी यु–१९ महिला टी–२० विश्वकपको उपाधि कसले जित्यो ?

भारत

सन् २०२५ फेब्रुअरी २ मा मलेसियामा सम्पन्न फाइनल प्रतियोगितामा दक्षिण अफ्रिकालाई ९ विकेटले 

हराउँदै भारत लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको । 

यस अघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्ग्ल्यान्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । 

नेपाल पनि पहिलो पटक यस विश्वकपमा सहभागी भएको थियो । 


११. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

प्रथम पञ्चवर्षीय योजना


१२. लोकप्रिय गायक रामकृष्ण ढकाल उनको जन्मथलो निजगढमा के उपाधिबाट सम्मानित भएका छन् ?

गायन सम्राट (विसं २०८१ माघ)

निजगढ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित प्रथम निजगढ महोत्सव–२०२१ मा प्रस्तुति दिन पुगेका ढकाललाई निजगढ नगरपालिकाका तर्फबाट सो उपाधिले सम्मानित गरिएको । 


१३. विश्व सङ्गीत जगत्को सर्वाधिक प्रतिष्ठित ग्रामी अवार्डको ६७ औँ संस्करणमा उत्कृष्ट गीतसहित सर्वाधिक पाँच अवार्ड चुम्न सफल कलाकार को हुन् ?

र्‍याप गायक केन्ड्रिक लामार 

उत्कृष्ट गीत, रेकर्ड अफ द इयर, उत्कृष्ट र्‍याप गीत, र्‍याप पर्फर्मेन्स र म्युजिक भिडियो (५ विधा) : केन्ड्रिक लामार 

त्यस्तै वियोन्सेले आफ्नो एल्बम काउब्वाई कार्टरबाट उत्कृष्ट एल्बम, कन्ट्री गीत र समूह प्रस्तुतिसमेत गरी तीन ग्रामी अवार्ड हात पारेकी । 

नव कलाकार : चपेल रोन 

संयुक्त पप प्रस्तुति : लेडी गागा र ब्रुनो मार्स (डाइ विथ अ स्माइल)

उत्कृष्ट रक प्रस्तुति : बिटल्सको नाउ एन्ड देन 

उत्कृष्ट रक एल्बम : द रोलिङ स्टोन्सको हाक्नी डाइमन्ड 

उत्कृष्ट पप भोकल एल्बम : सर्ट एन्ड स्विट (सब्रिना कार्पेन्टर) 

उत्कृष्ट एकल प्रस्तुति : एस्प्रेसो 

उत्कृष्ट डान्स : नेभरेन्डर (जस्टिस एन्ड टिम इम्पाला) 

उत्कृष्ट टे«डिसनल पप भोकल : नोरा जोन्सको भिजन 

अल्टरनेटिभ म्युजिक एल्बल : सेन्ट भिन्सेन्टको अल बर्न स्व्रिmमिङ

उत्कृष्ट मेटल पर्फर्मेन्स : मिया क्लुपा

उत्कृष्ट ¥याप प्रस्तुति : थ्री एएम

उत्कृष्ट ¥याप एल्बम : एलिगेटर बिट्रस नेभर हिल 

कन्ट्री विधातर्फ 

उत्कृष्ट एकल प्रस्तुति : क्रिस स्टापलेटनको इट टेक्स अ वुमन 

उत्कृष्ट समूह प्रस्तुति : वियोन्से र माइली साइरसको सेकेन्ड मस्ट वान्टेड 

उत्कृष्ट गीत : द आर्किटेक

आर एन्ड बी र एफ्रोविट अन्तर्गत

प्रोग्रेसिभ एल्बम : सो ग्ल्याड टु नो 

उत्कृष्ट एल्बम : इलेभेन इलेभेन (क्रिस ब्राउन) 

उत्कृष्ट अफ्रिकन सङ्गीत प्रस्तुति : लभ मी जेजे 

उत्पादन तथा गीत लेखन (नन क्लासिकल) : डेनियल नेग्रो 

फिल्म तथा टेलिभिजन सङ्गीत अन्तर्गत 

उत्कृष्ट कमेडी एल्बम : द ड्रिमर

साउन्ड ट्रयाक फर भिजुअल मिडिया : ड्युन पार्ट २

भिजुअल मिडिया गीत : इट नेभर वेन्ट

अडियो बुक न्यारेसन : जिमी कार्टर 

म्युजिक फिल्म अवार्ड : अमेरिकन सिम्फोनी 


१३. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

साइक्लोन 

(थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)


१४. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ ? 

प्राथमिक स्वास्थ्य उपचार


१५. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

सिङ्गापुर

(सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमा नवमुक्त प्रदेश घोषणा गरिएको ।)


१६. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम


१७. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

प्रकाश विच्छेदन


१८. भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?

विलियम जर्ज मोर्गन (सन् १८९५)

(अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका ।)


१९. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

मोटोरोला (अमेरिका, सन् १९७३ अप्रिल)


२०. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन भने पाल्पाका अन्तिम राजा को हुन् ? 

पृथ्वीपाल सेन 

२१. वानीरा फाउन्डेसनले वानीरा प्रज्ञा पुरस्कार २०८१ कसलाई प्रदान गर्‍यो ?

प्रा. रामकुमार पाँडे 

वानीरा शङ्कर पुरस्कार : वरिष्ठ कलाकार शशि शाह 

ख्यातिप्राप्त साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको । 

कवि कृष्ण बाउसेलाई ५० हजार रुपियाँ राशिको वानीरा पुरस्कारबाट सम्मानित गरिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी