• २८ फागुन २०८१, बुधबार

‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक

blog

काठमाडौँ, माघ ३० गते । सन्तोष श्रेष्ठको सङ्गीत तथा गायक भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । गीतमा निर्भीकजङ्ग रायमाझीको शब्दरचना रहेको छ । गीतकार निर्भीकका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वरवल्लभप्रति समर्पित गरिएको छ ।   

गायक भक्तराजको पहिलो प्रस्तुति रहेको गीतको एरेन्ज राजु कार्की र सम्पादन प्रकाश मिश्रको रहेको छ । अकस्टिक स्टुडियो काठमाडौँ र जिम्युजिक स्टुडियो, संयुक्त अधिराज्यमा रेकर्ड गरिएको गीत सङ्गीतकार श्रेष्ठको युट्युब च्यानल गोल्डेन क्रियसन्सबाट सार्वजनिक गरिएको हो ।