बोमलाल गिरी
नवलपुर, माघ ३० गते । प्रेस चौतारी नेपाल नवलपुरको अध्यक्षमा तीर्थराज डुम्रे चयन हुनु भएको छ । चौतारीको सातौँ जिल्ला अधिवेशनले डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा खगेन्द्र पराजुली, महिला उपाध्यक्षमा ज्ञानुमाया पङ्गेनी, सचिवमा राजु चापागाई, कोषाध्यक्षमा साहित्य न्यौपाने, सहसचिवमा लोकनाथ पङ्गेनी र समावेशी सहसचिवमा खेमनारायण महतो सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
त्यसै गरी सदस्यहरूमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल र उत्सव बस्याल चयन हुनु भएको छ ।
त्यसै गरी केन्द्रीय परिषद् सदस्यहरूमा विना न्यौपाने, लालकुमार भट्टराई, बुद्धि सागर पोख्रेल, प्रदेश परिषद् सदस्यहरूमा सुरक्षा कँडेल, राम सुनार र डा. नरनाथ पाण्डे चयन हुनु भएको प्रेस चौतारीले जनाएको छ ।