• ३० माघ २०८१, बुधबार

सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : महासचिव पोखरेल

blog

नेपका (एमाले) का महासचिव शंकर पोखरेल । फाइल तस्विर

सन्तोष दहित 

दाङ, माघ ३० गते । नेपका (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो । 

सामाजिक सञ्जाललाई मर्यादित बनाउन सके धेरै अपराधहरु कम हुनसक्ने उहाँले बताउनुभयो । तथ्य र सत्यका पक्षमा किन कोही बाेल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफै अघि सरेर सत्य र तथ्य लेखेमा आफैँ बलियो हुने धारणा राख्नुभयो । उहाँले लेख्नुभएको छ, “आफू सत्य र तथ्यमा प्रस्तुत हुँदा अरुलाई पनि सत्यमा अघि सर्न प्रेरित गर्दछ । सामाजिक सञ्जाल आफैँमा राजमार्गजस्तै हो । यसले सूचना प्रवाहका लागि पुलको रुपमा काम गर्छ ।”  

सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराब मान्छेहरु देखिने महासचिव पोखरेलको भनाइ छ । “सामाजिक सञ्जालमा असल मानिसहरु सक्रिय भएमा अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जान्छ” उहाँले भन्नुभयो ।