जोइन्ट बेस एन्ड्र्युज (अमेरिका), असार ३० गते । युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि असन्तुष्टि व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वासिङ्टनले किएभमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सङ्केत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले युक्रेनका लागि धेरै आवश्यक हतियारहरूको घोषणा उहाँले पहिले सोमबार ‘रूसमा... प्रमुख वक्तव्य’ दिने बताएपछि आएको हो । अमेरिकी विशेष दूतले युक्रेनको आफ्नो पछिल्लो भ्रमण सुरु गर्दा र ट्रम्पले वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग भेट गर्ने क्रममा सोमबारका लागि तय गरिएको कूटनीतिक चहलपहलबिच यो घोषणा हुन सक्छ ।
युक्रेनमा मस्कोको आक्रमण तीन वर्षभन्दा बढी समयसम्म चलिरहेको छ । यस गर्मीमा आक्रमणहरू तीव्र हुँदै गएको छ र अमेरिकी नेतृत्वको वार्ताले अहिलेसम्म लडाइँ अन्त्य गर्न कुनै परिणाम देखाएको छैन । “हामी तिनीहरूलाई प्याट्रियट पठाउनेछौँ, जसको तिनीहरूलाई अत्यन्त आवश्यक छ”, युक्रेनलाई कति हतियार पठाउने भन्ने निर्दिष्ट नगरी ट्रम्पले आइतबार भन्नुभयो ।
“मैले अझै सङ्ख्यामा सहमति गरेको छैन, तर तिनीहरूसँग केही हुनेछ किनभने तिनीहरूलाई साँच्चै सुरक्षा चाहिन्छ”, उहाँले न्युजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कंदा जोइन्ट बेस एन्ड्र्युजमा पत्रकारहरूलाई भन्नुभयो । ह्वाइट हाउसले यस महिनाको सुरुमा किएभमा केही हतियार वितरण रोक्ने घोषणाबाट यु-टर्न गरेको छ । यसको सट्टा अमेरिकाले नयाँ सम्झौताको घोषणा गरेको छ जसमा नाटोले युक्रेनमा पठाउने केही हतियारका लागि अमेरिकालाई भुक्तानी गर्नेछ ।
“हामी मूलतः तिनीहरूलाई धेरै परिष्कृत सैन्य सामग्रीका विभिन्न टुक्राहरू पठाउने छौँ र तिनीहरूले हामीलाई शतप्रतिशत भुक्तानी गर्नेछन्”, ट्रम्पले भन्नुभयो, “यो हाम्रो लागि व्यापार हुनेछ ।” रुटको बिहान १०ः०० (१४०० जिएमटी) ओभल अफिसको बैठक मिडियाका लागि बन्द हुनेछ र उहाँले विदेशमन्त्री मार्को रुबियोसँग पनि भेट गर्ने कार्यक्रम छ ।
यस हप्ताको सुरुमा, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेन ‘नयाँ प्याट्रियट प्रणाली र तिनीहरूका लागि मिसाइलहरूमा बहुस्तरीय सम्झौता गर्न नजिक’ रहेको बताउनुभएको थियो । रुसी नेतासँग बढ्दो रूपमा आक्रोशित हुँदै जाँदा पुटिनप्रति आफू ‘निराश’ भएको पनि ट्रम्पले दोहोर्याउनुभयो । “पुटिनले साँच्चै धेरै मानिसलाई चकित पार्नुभयो । उहाँ राम्रो बोल्नुहुन्छ र त्यसपछि साँझमा सबैलाई बम हान्नुहुन्छ”, असन्तुष्ट ट्रम्पले आइतबार भन्नुभयो ।
गत हप्ता, ट्रम्पले पुटिनलाई युक्रेन सम्बन्धमा वासिङ्टनमा ‘मूर्खतापूर्ण’ कुरा गरेको आरोप लगाउनुभयो । पहिलो पटक जनवरीमा ह्वाइट हाउस पर्केपछि ट्रम्पले युरोपेली सहयोगीहरूको विपरीत बढ्दो प्रतिबन्धहरू रोक्दै युद्ध अन्त्य गर्न रुसी नेतासँग काम गर्नसक्ने कुरामा जोड दिनुभएको थियो । तर रुसले महिनाौँदेखि संयुक्त राज्य अमेरिका र किएभले प्रस्ताव गरेको युद्धविरामलाई अस्वीकार गर्दै आएको छ ।
हालैका दिनहरूमा ट्रम्पले बारम्बार पुटिनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ र आइतबार उहाँले सदनमा निवारक प्याकेजका लागि गति बढ्दै जाँदा अन्ततः प्रतिबन्धहरू कडा गर्न तयार हुनसक्ने सङ्केत गर्नुभएको छ । रुसविरुद्ध कुनै प्रतिबन्धको घोषणा गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “हामी भोलि के देख्छौँ त्यो देख्नेछौँ, ठीक छ ?” उहाँले रुटसँग भेट गर्ने योजनाहरू दोहोर्याउनुभयो ।
-स्लेजह्यामर-
यसअघि आइतबार अमेरिकी सिनेटरहरूले ट्रम्पलाई रुसविरुद्ध प्रयोग गर्न ‘स्लेजह्यामर’ प्रतिबन्धहरू लगाउने द्विदलीय विधेयकमाथि जोड दिएका थिए । प्रतिबन्ध विधेयकले ट्रम्पलाई ‘पुटिनको अर्थतन्त्र र पुटिनको युद्ध मेसिनलाई समर्थन गर्ने सबै देशलाई निशाना बनाउन अनुमति दिनेछ”, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले प्रसारणकर्ता सिबिएस न्युजलाई बताउनुभयो ।
“यसले राष्ट्रपति ट्रम्पलाई रुसलाई सहयोग गर्ने कुनै पनि देशमा पाँच सय प्रतिशत कर लगाउने क्षमता दिनेछ”, ग्राहमले भन्नुभयो । यसमा चीन, भारत वा ब्राजिल जस्ता रूसी सामानहरू खरिद गर्ने अर्थतन्त्रहरू समावेश हुन सक्छन् । “यो साँच्चै राष्ट्रपति ट्रम्पका लागि यो युद्ध अन्त्य गर्न उपलब्ध स्लेजह्यामर हो”, ग्राहमले भन्नुभयो । “निस्सन्देह, यो वास्तवमा शान्ति नजिक ल्याउन र कूटनीति खाली छैन भनेर सुनिश्चित गर्नसक्ने प्रकारको लाभ हो”, जेलेन्स्कीले एक्स पोस्टमा प्रस्तावित विधेयकका बारेमा भन्नुभयो ।
ग्राहम र डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले पनि सोमबार राति नाटोका महासचिव रुटसँग भेट गर्ने कार्यक्रम थियो । ब्लुमेन्थलले सिबिएस न्युजलाई उहाँहरूले युक्रेनको पहुँचका लागि युरोप र संयुक्त राज्य अमेरिकामा फ्रिज भएको रुसी सम्पत्तिहरू खोल्ने कानूनी रूपमा कठिन मुद्दाबारे पनि छलफल गर्ने बताउनुभयो । “संयुक्त राज्य अमेरिकासँग भएको पाँच अर्ब डलर पनि पहुँच गर्न सकिन्छ र मलाई लाग्छ यो गर्ने समय आएको छ”, ब्लुमेन्थलले भन्नुभयो । रासस/एएफपी