• ३० माघ २०८१, बुधबार

अखिल नेपाल महिला सङ्घको अध्यक्षमा थापामगर

blog

नवनिर्वाचित कार्य समिति । तस्बिर : सामाजिक सञ्जाल

अविनाश चौधरी

धनगढी, माघ ३० गते । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ धनगढी नगर कमिटीको अध्यक्षमा ल्याट्री थापामगर सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको धनगढीमा भएको दोस्रो नगर सम्मेलनले उहाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा रुपा मास्के पुन, सचिवमा रेनु ढुङ्गेल, उपसचिवमा सीता विक र हरिना रावल, कोषाध्यक्षमा लक्ष्मी सिंह चयन हुनुभएको छ । 

यसैगरी, सदस्यहरुमा माया चौधरी, सरस्वती सिंह, ज्योती थापामगर, सावित्री राना, भीमा विक, रामदुलारी राना, सुनीता चौधरी, आशाकुमारी सुनार, हाजिरी रावल, सपना बिसी, लक्ष्मी कोली, लक्ष्मी कुँवर न्यौपाने, रेखा बास्तोला, इन्द्रा बिक चयन हुनुभएको छ । 

सङ्घका निवर्तमान अध्यक्ष एवम् धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाको अध्यक्षतामा अधिवेशन भएको थियो ।