• ३० माघ २०८१, बुधबार

फिदिमको १६ औं नगर सभा, दुई वटा ऐन संशोधन

blog

नगरसभामा उपस्थित नगर सभा सदस्यहरू । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ ३० गते । फिदिम नगरपालिकाको १६ औं अधिवेशन (हिउँदे सभा) सम्पन्न भएको छ । अधिवेशनले नगरपालिकाको सहकारी ऐन २०७४ र शिक्षा ऐन संशोधन गर्नुका साथै प्रकोप व्यवस्थापन कोष सञ्चालन तथा परिचालन कार्य विधि २०८१ पारित गरेको छ ।

अधिवेशनले नगरपालिका शिक्षा ऐन २०७४ को संशोधन प्रस्ताव पनि पारित गरेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यस्तै, गत असार १० गते सम्पन्न १५औं नगर अधिवेशनबाट विनियोन भएको बजेटबाट सञ्चालन गर्नेगरी छनाेट भएका केहि योजना सञ्चालनमा उपभोक्तासहित र टोल विकास संस्थाको साझेदारी ३० प्रतिशत कायम गर्दै स्वीकृत कार्यक्रमको बजेट संशोधन, योजना छनाेट र रकमान्तर प्रस्ताव सर्वसम्मत पारित भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख काफ्लेको अध्यक्षतामा सम्पन्न १६ औं अधिवेशनमा उप प्रमुख राधाकृष्ण न्यौपानेले स्वीकृत कार्यक्रम तथा बजेट संशोधन, योजना छनाेट र रकमान्तर प्रश्ताव पेस गर्दै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

नगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र शुशासनलाई प्राथमिकतामा राखेरअघि बढ्ने निती लिएको छ । यसअघि फिदिम नगरपालिकाबाट इविडिङ मार्फत आह्वान गरिएका ठेक्का घटाघटमा सम्झौता हुँदा बचत हुन आएको रकम समेत पुर्वाधार विकासमा खर्च गर्ने निती नगरपालिकाको छ ।