गुणबहादुर रोका
सुलीकोट, माघ ३० गते । गोरखाको गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिले एक ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको हो ।
बुधबार बिहान ८ बजे गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु हुँदै पहिलो दिन भिमसेन थापा गाउँपालिकाको खाञ्चोक हुँदै बोर्लाङको भिमसेन स्मारक पुगेर सो टोली बास बस्ने धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने बहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोर्लाङको घाटबेशी हुदै धादिङको सामगरी भन्ज्याङ, त्रिशुली नुिवाकोट, दरबार हुदै फागुन ४ गते काठमाडौं हनुमान ढोका दरबारसम्म पुगेर यात्रा सम्पन्न हुने उहाँले बताउनुभयो । झण्डै ८० किलोमिटर अनुमान गरिएको पदमार्गको पदयात्रा गरेपछि त्यसको आकर्षण र पर्यटनको विकासमा सम्भाव्यताका विषयमा प्रतिवेदन बनाउने अध्यक्ष गुरुङको भनाइ छ ।
"ऐतिहासिक एकीकरण पदमार्ग यात्रा गर्नेहरुले पदमार्गको महत्त्वपूर्ण आकर्षणहरू के के हुन सक्छन् तिनीहरूको विवरण सङ्कलन गरी पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पूर्वाधारमा के आवश्यकता पर्छ त्यसको विस्तृत अध्ययन गर्छौं," अध्यक्ष गुरुङले भन्नुभयो । प्रतिवेदन तयार पारी पर्यटन बोर्ड पोखरा,
ट्रेकिङ एजेन्सी एसाेसिएसन तान, गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा पेस गर्ने उहाँले बताउनुभयो ।
एकीकरण पदयात्राका लागि अध्यक्ष साने बहादुर गुरुङ, ट्रेकिङ एजेन्सी टानका इन्जिनियर र एक जना सहयोगी सहभागी भई सो पदमार्गमा म्याराथुन, साइकलिङ ईको टुरिज्मको सम्भाव्यताको बारेमा साथै कृषि पर्यटनलाई जोड्ने गरी अध्यान हुने बताइएको छ ।