तारकेश्वर नगरपालिका–४ मा एमाले विजयी
काठमाडौं तारकेश्वर नगरपालिका– ४ मा नेकपा (एमाले)को नरेन्द्रदास श्रेष्ठ नेतृत्वको समूह विजयी भएको छ । श्रेष्ठले ७८५ मत ल्याउनुभएको हो ।
सङ्खुवासभा खाँदबारी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी
ध्यान कुलुङ सङ्खुवासभा, जेठ २ गते। खाँदबारी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा (एमाले)का महेश्वरा बज्राचार्य निर्वाचित हुनुभएको छ। थपलियाले निकटतम् प्रतिद्वन्द्वी एमालेका जीतबहादुर घिमिरेलाई पराजित गर्दै विजेता बन्नुभएको हो। त्यस्तै बज्राचार्य नेकपा (माओवादी केन्द्र)का उमेदवार दिव्यराज बराललाई हराउदै उपप्रमुखमा निर्वाचित हुनुभएको हो। थपलियाले ८ हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेका घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ। उपमेयर विजेता बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउँदा बरालले ५ हजार १ सय ४७ मतमात्र प्राप्त गर्नुभएको छ।खाँदबारी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसलाई प्रमुख र नेकपा (माओवादी केन्द्र)लाई उपप्रमुखको उमेदवार बनाइएको थियो। उपमेयर विजेता बज्राचार्यले गठबन्धनको उमेदवारलाई पराजित गर्नुभएको हो। अघिल्लो निर्वाचनमा खाँदबारी नगरपालिकामा दुवै पद एमालेले जितेको थियो।१० स्थानीय तह रहेको सङ्खुवासभामा हालसम्म योसहित ३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। सिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने सभापोखरी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ।
बेलडाँडीमा गुम्यो एमालेको विरासत, काँग्रेसका राना विजयी
लक्ष्मणदत्त पन्तमहेन्द्रनगर, जेठ १ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनु भएको छ । एमालेले जित्ने गरेको उक्त पालिकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८०२ मत अन्तरले पराजित गर्दै काँग्रेसका राना अध्यक्षमा निर्वाचित हुनु भएको हो ।२०५४ र ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्षसहित राम्रो उपस्थिति जनाएको छ । ०७४ को चुनाउमा ५ वडा रहेको उक्त पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडा जितेको थियो । यस पटक भने एमाले एक वडामा सिमित हुन पुगेको हो ।निर्वाचित अध्यक्ष रानाले ४ हजार १०३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३०१, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो ।बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६७३ मत प्राप्त गर्नुभयो . नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २२७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत केसीले बताउनुभयो ।
चम्पादेवीमा काँग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी
शेरबहादुर राईओखलढुङ्गा, जेठ २ गते । चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । यसअघि पनि २०७४ मा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।निकटम प्रतिद्वन्दी नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगरले जित्नुभएको छ । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गर्नुभएको छ । पालिकाको १० वडा मध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी रहेको तीन मध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा नं. १ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं.१० मा रोहितप्रसाद ढुङ्गेलले नेपाली काँग्रेसबाट वडा अध्यक्ष जित्नुभएको छ । यसैगरी, वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमाले बाट वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ६ माओवादी केन्द्रका गणेश खत्रीले चुनाव जित्नुभएको छ । एक नगरपालिका सहित बाँकी रहेका चार गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको मोलुङ, खिजिदेम्बा, लिखु गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । सुनकोशी गाउँपालिकाको मत गणना कार्य ढिलो भइरहेको छ । उक्त पालिकाको दश वडा मध्ये अहिलेसम्म चार वडाको मात्र मतगणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
मदाने गाउँपालिकामा कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी
तिलाचन पाण्डेतम्घास, जेठ २ गते । जिल्लाको मदाने गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले ४ हजार ७०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम केशीले ४ हजार २११ मत ल्याउनुभएको हो ।यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका बेगमबहादुर चन्दले ४ हजार २११ मत ल्याउनुभएको हो । उपाध्यक्ष सरिता खड्का यस अगाडी पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।
महादेव मावि केन्द्रमा पुनः मतदान हुने
राजन रावतहुुम्ला, जेठ २ गते । चंखेली गाउँपालिका वडा २ को महादेब मावि मतदान केन्द्रको मतदान कार्य पुनः हुनेभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो ।मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले उक्त मतदान केन्द्रको मतदान कार्य पूुनः हुने बताउनुुभयो । निर्वाचनको मिति कहिले गर्ने भन्ने निर्णय सम्वन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र पठाउने छ । यसका लागि आयोगबाट पत्र समेत प्राप्त भएको उहाँले बताउनुुभयो । मतदान कार्य पुन सञ्चालन गर्न गठबन्धन दलहरुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोबिन्द शाही, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका थिए । स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बन्चित गरेको भन्दै पूनः मतदान गर्न गठबन्धन दलले माग गरेका थिए । गठबन्धन दलहरुको मागमाथि छलफल गर्दा आयोग पुन मतदान कार्य गराउने निष्कर्षमा पुुगेको बताइएको छ । मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेको थियो । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दावी गठबन्धन दलहरुले गर्दैआएका थिए । मतदान कार्यबाट ५१३ मत खस्न पाएको थिएन । दलहरुले ५६ दशमलव ६८ प्रतिशत मतदातालई मतदान गर्नबाट बन्चित गरिएकाले पुन मतदान गर्न माग गरेका थिए । मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरेको थियो । मतदान अधिकृतसहित तीन जना घाइते हुनुुभएको थियो । जसमा एक जना मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायाको हेलिकोप्टरबाट उपचारका लाग सुुर्खेत लगिएको छ । पुनः मतदान कार्य सुचारु भएपछि पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने बातावरण नै नभएकाले यस्तो अबस्था आएको सासद छक्कबहादुुर लामाले बताउनुुभयो ।
चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बोगटी विजयी
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ २ गते । स्थानीय तह १३ वटा रहेको कैलालीमा मतगणना सम्पन्न हुने पालिकामा चुरे पहिलो पालिका बनेको छ । सोमबार उक्त पालिकामा मतगणना सम्पन्न भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । नेकपा समाजवादीका अध्यक्ष उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पछाडि पार्दै बोगटी विजयी हुनुभएको हो । नवनिर्वाचित बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार सारुले तीनहजार २८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उक्त पालिकामा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धना थापा विजयी हुनुभएको छ । थापाले तीनहजार ४४९ मत प्राप्त गरी विजय हुनुभएको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उक्त पालिकामा नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेको थियो । ६ वटा वडा रहेको उक्त पालिकामा २ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । वडा नम्बर १ को अध्यक्षमा डम्बर बहादुर सिंह र वडा नम्बर ३ को वडाध्यक्षमा खगेन्द्र खडायत विजयी हुनुभएको छ । नेकपा (एमाले)बाट वडा नम्बर २ मा केशव साउँद, ४ मा चन्द्रबहादुर लामिछाने मगर, ५ मा बीरबहादुर धामी र ६ मा प्रेम बहादुर साउँद अध्यक्षमा विजयी हुनुभएको छ ।
ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसको अग्रता
कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ ।
मतगणना स्थलमा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ २ गते । धनुषाको धनौजी गाउँपालिकामा मतगणना क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनौजी वडा १ को लखौरी गाउँको मतगणनाका क्रममा मतपत्र बढी देखिएपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । यस्तै, गाउँपालिकाको ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा तीनै वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ को मतगणनामा समेत काँग्रेसकै अग्रता देखिएका कारण अन्य पार्टीका कार्यकर्ताले मतगणना स्थलमा विवाद उत्पन्न गरेपछि सो विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष रामवती मण्डलले जानकारी दिनुभयो । मतगणना भइरहेको वडामा समेत काँग्रेसकै अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका उम्मेदवारले अग्रता लिएको मण्डलले बताउनुभयो । विवाद साम्य भएपछि सर्वदलीय बैठक बसिरहेको छ । दलहरुको निर्णयअनुसार मतगणना पुनः गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँको अवस्था अहिले सामान्य रहेको छ ।उक्त गाउँपालिकामा वडा १ र २ मा मतगाणना हुन बाँकी छ । धनौजीमा जम्मा ५ वटा वडा छ । यसअघि पनि काँग्रेसकै अध्यक्ष एवम् उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो
महेशकुमार दास जलेश्वर, जेठ २ गते । जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले खाता खोलेको छ । जारी मतगणना परिणामअनुसार जलेश्वर नगरपालिका १ को वडा अध्यक्षमा जसपाका अनिलकुमार झा विजयी हुनुभएको छ । झा ५४७ मत ल्याइ विजयी हुनुभएको जलेश्वर नगरपालिकाको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत ल्याउनु भएको निर्वाचन अधिकृत त्रितालले बताउनुभयो । जलेश्वर नगरपालिका १ मा निर्वाचित वडा अध्यक्ष झा यसअघि पनि सोही वडाको वडा अध्यक्षमा निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरी वैशाख ३० गते सम्पन्न भएको चुनावमा मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजिनामा गरी पुनः चुनावमा होमिनु भएको थियो । झा १२० मतको अन्तरले विजयी हुनुभएको छ । विजयी भएका वडा अध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पूरा गर्ने जिम्मवारीकासाथ दोस्रो पटक जिताएको बताउनुभयो । ‘अधुरो काम पूरा गर्ने विश्वासका साथ चुनाव जिताउनु भएको छ, म जनताको विश्वासमा खडा उतार्ने प्रयास गर्नेछु’ उहाँले भन्नुभयो ।
जुम्ला हिमा गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी
नेत्र शाही जुम्ला, जेठ २ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको हो । अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रजनकलाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो । अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।
विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता
विराटनगर महानगरपालिकाको प्रमुख पदा सोमबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।
डोल्पा ठूलीभेरी नगरपालिकाको मतगणना सम्पन्न
ठूलीभेरीनगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुवर्ण बुढाले कुलखसेको चार हजार १७८ मतमा एक हजार २८६ मत ल्याएर ठूलीभेरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो ।
माथागढीमा एमालेबाट अध्यक्ष र उपाध्यक्षका विजयी
रेखीराम रानापाल्पा, जेठ २ गते । पाल्पाको माथागढी गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका दुबैजना विजयी भएका छन् । पालिकाको अध्यक्षमा यम चिदीमगर र उपाध्यक्षमा विष्णु माया लुङ्चमगरे निर्वाचित हुनु भएको हो । यसअघि २०७४ सालको निर्वाचनमा काङ्ग्रेसले क्लिन स्वीप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरू विजयी भएका हुन् । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुङ्चेले ५ हजार ८ सय ८२ र काङ्ग्रेसकी विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ ।माथागढीमा रहेका ८ वटा वडामध्ये चार वटामा नेपाली काङ्ग्रेस र चार वटामा एमालेका उम्मेदवारले जितेका छन् । पाल्पामा हालसम्म एमालेले मात्रै माथागढी, पूर्वखोला र तिनाउ गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको छ ।
मुगुमा पहिलो महिला वडाध्यक्षमा निर्वाचित
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवामा जनता समाजवादीका उम्मेदवार कुञ्जुमा कुमाइ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।उहाँ जिल्लामै पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रुकुमको सानीभेरी गाउँपालिकामा बिष्ट र रोका विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सोमबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ ।
हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी, अध्यक्ष र उपाध्यक्षमा अग्रता
छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
कामपा वडा नं २ मा एमालेको प्यानल विजयी
काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभयो ।
जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।
सोमबार तेह्र मतदान केन्द्रमा मतदान जारी
राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।
छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो ।
काभ्रेका २० वडामा काँग्रेसका उम्मेदवार विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १२ वटा स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । सोमबार मध्याह्न साढे १२ बजेसम्म जिल्लाको १२ वटा स्थानीय तहका ४४ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी
कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजीत गरी बोगटी अध्यक्षमा विजयी हुनुभएको हो ।