• १२ वैशाख २०८१, बुधबार

विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता

blog

मोरङ, जेठ २ गते । विराटनगर महानगरपालिकाको प्रमुख पदा सोमबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार  हजार ९९६, नेकपा एमालेका  सागर थापाले  तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले  एक हजार ६१९ मत प्राप्त गर्नुभएको बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गर्नुभएको छ । विराटनगर वडा नं  १७ को वडाध्यक्षमा   जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत  ल्याएर विजयी हुनुभएको छ । यस्तै १९ को वडाध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी हुनुभएको छ ।