जयकृष्ण यादव
इनरुवा, चैत १५ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सव्रिmय नेता अशोककुमार चौधरीले जनमैत्री काम, सुशासन र प्रणाली सुधारका लागि राजनीतिक यात्रामा रहेको बताउनुभएको छ । २०७९ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका चौधरीले यस पटकको निर्वाचनबाट प्रत्यक्ष निर्वाचित हुँदै दोस्रो पटक संसदीय यात्रा तय गर्नुभएको हो ।
चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई २६ हजार ९२० मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । गच्छदारले २० हजार ५०१ मत ल्याउँदा यसअघिको निर्वाचनमा गच्छदारलाई पहिलो पटक पराजित गरेकी नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरी तेस्रो स्थानमा पुग्नुभयो । भगवती चौधरीले १५ हजार मत ल्याउनुभयो ।
सांसद चौधरी भाषण, नाराबाजी र क्षणिक भावनात्मक राजनीतिभन्दा समस्या पहिचान, तत्कालीन समाधान, मध्यकालीन र दीर्घकालीन प्रणाली सुधारलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने मान्यतासाथ सव्रिmय हुनुहुन्छ । उहाँको राजनीतिक यात्राको मूल ध्येय ‘राष्ट्र र जनता पहिलो प्राथमिकता’ भन्ने रहेको छ ।
चौधरीले सामाजिक अभियन्ता, डोरीतानका अन्तर्राष्ट्रिय खेलाडी हुँदै राजनीतिक यात्रा आरम्भ गर्नुभएको हो । उहाँले सेवा, अनुभवबाट संसद्सम्मको यात्रा सफलतासाथ तय गर्नुभयो ।
उहाँको राजनीति कुनै आकस्मिक महìवाकाङ्क्षाबाट सुरु भएको यात्रा होइन । यो समाजसेवा, प्रत्यक्ष जनसम्पर्क र कमजोर तथा सीमान्तकृत समुदायसँगको निरन्तर सहयात्राबाट विकसित भएको प्रतिबद्धता हो । एक दशकदेखि उहाँले स्थानीय तहमा नागरिकका दैनिक समस्या कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रशासनिक झन्झट, सामाजिक असमानता र अवसरको अभावलाई नजिकबाट नियाल्नुभयो । यही अनुभवले उहाँलाई निष्कर्षमा पु¥यायो । उहाँलाई लाग्यो, “आलोचना गरेर मात्र परिवर्तन सम्भव छैन, अब नीतिगत तहमा पुगेर संरचनागत सुधार गर्नु पर्छ ।” यही विश्वाससाथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत औपचारिक राजनीतिमा प्रवेश गर्नुभयो । उहाँको बुझाइमा राजनीति पद प्राप्तिको माध्यम होइन; जवाफदेही शासन, कानुनी सुधार, नागरिक अधिकारको रक्षा र विकासको परिणाम नागरिकको घरदैलोमा पु¥याउने जिम्मेवारी हो । उहाँको राजनीतिक छवि समाधानमुखी जनप्रतिनिधिका रूपमा स्थापित हुँदै गएको छ ।
उहाँलाई नयाँ संस्कार, स्पष्ट नीति, नतिजामुखी शासन र पार्टीको सुधारवादी धारसँग आत्मीय रूपमा जोडिनु पर्छ भन्ने लाग्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी र जवाफदेही शासनप्रणाली, संसदीय सव्रिmयता र कानुनी सुधार, उत्पादनमुखी अर्थतन्त्र र स्थानीय उद्यम प्रवर्धन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच, नागरिक–राज्य सम्बन्धमा विश्वास पुनस्र्थापना, सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्रै प्रणाली सुधार हो ।
उहाँका अनुसार नेपालको मुख्य समस्या केवल सरकार परिवर्तन होइन, शासनप्रणालीभित्रको जडता, नीतिगत असङ्गति, कार्यान्वयनको कमजोरी र सार्वजनिक संस्थाप्रति घट्दो विश्वास हो । उहाँ व्यक्तिनिष्ठ राजनीतिभन्दा प्रणाली सुधारलाई प्राथमिकता दिनुहुन्छ, बहसभन्दा समाधानमुखी भूमिका रोज्नुहुन्छ ।
उहाँ संसद्को प्रभावकारिता, कानुनको गुणस्तर, निगरानीको क्षमता र जनअपेक्षासँग सम्बन्धित हुने बताउनुहुन्छ । सामाजिक र खेलकुद पृष्ठभूमि भएका उहाँ अनुशासनबाट नेतृत्वसम्म पुग्न सफल हुनुहभएको हो । खेलकुदबाट उहाँले अनुशासन र सहकार्य सिक्नुभयो यही सिकाइ नै उहाँको सार्वजनिक जीवनको आधार हो । उहाँले धार्मिक तथा सांस्कृतिक स्थल संरक्षण गर्ने, पहुँचमार्ग, सरसफाइ, सूचना र आधारभूत सुविधा सुधार, स्थानीय कला, संस्कृति, परम्परा र समुदायमा आधारित पर्यटन प्रवर्धन, धार्मिक पर्यटनलाई स्थानीय रोजगारी र उद्यमसँग जोड्ने पहल गर्ने बताउनुहुन्छ ।
कानुन निर्माण र विकास सांसदको दोहोरो दायित्व रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सांसदको काम केवल योजना ल्याउनु होइन, कानुन, नीति र निगरानीमार्फत विकासलाई टिकाउ बनाउनु पनि हो ।”
उहाँको विशेष जोड विकास, कानुन र जनजीवनसँग जोडिएका विषय, सुशासन र प्रणाली सुधारमा छ । उहाँले कृषि र किसानका लागि उत्पादन, बजार व्यवस्थित गर्नुपर्ने बताउनुभयो । युवा, रोजगारी र उद्यमशीलतामा जोड दिँदै उहाँ उद्योग, व्यापार र स्थानीय अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनुहुन्छ ।
चौधरी भन्नुहुन्छ, “जनताले दिएको विश्वास केवल जितको परिणाम होइन, जिम्मेवारीको प्रारम्भ हो । म राजनीति गर्नका लागि होइन, काम गर्नका लागि आएको हुँ । मेरो प्रतिबद्धता स्पष्ट छ, सुनसरी–३ को आवाज संसद्मा बलियो बनाउने, कानुनलाई जनजीवनसँग जोड्ने, विकासलाई घोषणाबाट कार्यान्वयनमा लैजाने र नागरिकलाई राज्यसँग फेरि भरोसा दिलाउने ।”