• १३ वैशाख २०८१, बिहिबार

हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी, अध्यक्ष र उपाध्यक्षमा अग्रता

blog

मीना कंडेल
कावासोती, जेठ २ गते ।
पूर्वी नवलपरासीको आठ वटा स्थानीय तहमध्य दुई पालिका (बौदिकाली र बुलिङटार)को नतिजा आइसकेको छ भने हुप्सेकोट गाउँपालिकामा मत गणनाको क्रम जारी छ ।

छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा प्रेम बहादुर घर्ती मगर १८० को मतान्तरले प्यानलसहित वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नम्बर २ मा ९३ मतले कृष्ण बहादुर थापा, वडा नम्बर ३ मा १४२ मतले विष्णु राना, वडा नम्बर ५ मा पदम बहादुर राना ३९३ मतान्तरले र वडा नम्बर ६ मा छाम बहादुर सोमैले १०१ मतान्तरले कांग्रेसको प्यानल विजयी हुनुभएको छ ।

सम्पन्न ५ वडाको मतगणनामा कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारलाई ४९२० र उपाध्यक्षलाई ५१३९ मत प्राप्त भएको छ । नेकपा एमालेका अध्यक्षका उम्मेदवारलाई ४४६७ र उपाध्यक्षलाई ४४३० मत प्राप्त भएको छ । कांग्रेसका उम्मेदवार अध्यक्षको ४५३ र उपाध्यक्षको ७०९ को अग्रता मिलेको छ । अब वडा नम्बर ४ को गणना बाँकी रहेको छ ।