• २९ वैशाख २०८३, मङ्गलबार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

भक्तिविलास पोखरेल

गाईघाट, वैशाख २४ गते । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार ४४ वर्षिय प्रेम मगरलाई पक्राउ गरेको छ।

निज प्रतिवादीलाई उदयपुर जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएको थियो ।

पक्राउ परेका निजलाई उदयपुर जिल्ला अदालत बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।