• ७ वैशाख २०८१, शुक्रबार

छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी

blog

तिलाचन पाण्डे
तम्घास, जेठ २ गते ।
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा एमालेकै साबित्रा ज्ञवालीले छ हजार ४७२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गर्नुभएको हो ।