काँग्रेस र एमालेको बराबरी मत, परिणाम अस्वीकार गर्दा मतगणना स्थगित
वैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणनाको क्रममा झापाको गौरीगञ्जमा खसेको मतभन्दा बढि गणनाको क्रममा मतपत्र देखिएको भन्दै विवाद सृजना भएको छ ।
लालझाडीमा एमालेका राना निर्वाचित
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गर्नुभएको थियो । यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
मतगणनामा ढिलाइ, निर्वाचन आयोगको ध्यानाकर्षण
स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र होइन, आफूले मतदान गरेका उम्मेदवारले कस्तो परिणाम ल्याउलान् भन्ने चासो सबै मतदातामा उत्तिकै छ । मतदाताको व्यग्र प्रतीक्षा भए पनि मतगणना भने निकै सुस्त गतिमा भइरहेको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मतगणना निकै ढिलो भएको छ ।
गुराँस गाउँपालिकाको अध्यक्षमा एमालेका टोप बिसी विजयी
कमल शर्मा दैलेख, जेठ २ गते । गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टोपबहादुर बिसी विजयी हुनुभएको छ । उहाँले चार हजार ६८१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज ओलीले चार हजार ३६६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा नेकपा (एमाले)की शिवा खड्का निर्वाचित हुनुभएको छ । उहाँले चार हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी कांग्रेसकी दिपा बिसीले चार हजार ११८ प्राप्त गरी उप विजेता बन्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा गुराँस गाउँपालिकामा अध्यक्षमा कांग्रेसका खेमराज ओली र उपाध्यक्षमा दिपा बिसी विजयी हुनुभएको थियो ।गाउँपालिकाको ८ वटा वडाहरुमध्ये ६ वटा एमाले र २ वडामा कांग्रेसले जितेको छ । कांग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी भएको छ भने एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भुपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बिसी र ८ मा दिपेन्द्र ओली वडाध्यक्षमा विजयी भएको छ ।
म्याग्दीको रघुगंगामा नेपाली कांग्रेस विजयी
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
मकवानपुरको इन्द्रसरोवरमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा उमाकुमारी लामा निर्वाचित हुनुभएको हो ।
काठमाडौं महानगर–१ मा एमालेका श्रेष्ठ विजयी
काठमाडौं महानगरपालिका –१ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
भैरवी गाउँपालिकामा कांग्रेसकी रिता शाही विजयी
दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएकी रिता शाहीले तीन हजार ९७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
बूढानीलकण्ठमा कांग्रेसको अग्रता
काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गर्नुभएको छ ।
सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी र उपाध्यक्षमा एमालेका रेउले
रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार पुन र जिसी विजयी
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित हुनुभएको हो ।
स्वामिकार्तिकमा कांग्रेस विजयी
कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाअध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका छन् ।
बालेन समर्थकको बेग्लै रौनक
काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर रमाइलो मेलाजस्तै भीड लागेको छ । राष्ट्रिय झन्डा बोकेका युवा सभागृह अगाडिको सडक प्रदर्शनीमार्गमा मार्चपास गरेजस्तो गरी घरि यता घरि उता गर्छन् ।
बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार कमलबहादुर गड्सिला विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।
सङ्खुवासभाको सिलिचोङमा नेपाली काँग्रेस विजयी
जिल्लाको सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित हुनुभएको हो ।
पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेकामा एमालका थापा विजयी
पाल्पामा दुई वटा पालिकामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो ।
विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्छु : नगरप्रमुख पन्थी
रेसुंगा नगरपालिका नव निर्वाचित नगर प्रमुख खिलध्वज पन्थीले आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताउनुभयो । समृद्धि र समुन्नत नगरपालिका निर्माणको लागि आफु सबै भन्दा पहिले विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्ने बताउनुभयो ।
अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा र भूजेल विजयी
अध्यक्षमा माओवादीका उम्मेदवार दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिनुभयो ।
भरतपुरमा एमालेका सुवेदीको अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
समाजवादीका निवर्तमान अध्यक्षलाई हराउँदै नवदुर्गामा कांग्रेस विजयी
गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको नवदुर्गा गाउँपालिकामा अहिले भने नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी हुनुभएको हो ।
चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी विजयी
चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका युवराज केसी विजयी हुनुभएको छ ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
सल्यानको कुमाख गाउँपालिकामा एमाले कांग्रेस गठबन्धन विजयी
सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ । कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।