• ५ जेठ २०८१, शनिबार

चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी विजयी

blog

तिलाचन पाण्डे
तम्घास, जेठ २ गते ।
चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका युवराज केसी विजयी हुनुभएको छ ।

उहाँले पाँच हजार सात सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वदी एमालेका चेतन बस्नेतले ती हजार ३४७ मत प्राप्त गर्नुभएको छ।

यस्तै, उपाध्यक्षमा माओवादी काँग्रेसको गठबन्धनबाट काँग्रेसका विष्णु भण्डारीले पाँच हजार १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी राधिका अर्यालले तीन हजार ८१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।