• ६ जेठ २०८१, आइतबार

स्वामिकार्तिकमा कांग्रेस विजयी

blog

शेरबहादुर सार्की
बाजुरा, जेठ २
गते । जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ ।

कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाअध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका छन् ।

विजयी भएका रोकायाले दुई हजार ११  र उपाअध्यक्ष विजयी भएकी मैना जोशीले १८ सय १० ल्याएका छन् ।

रोकाया प्रतिद्वन्दी नेकपा एमाले चर्तुभुज शाहीले १७ सय ५७ सय मत ल्याएर पराजीत भएका छन् । नेकपा एकीकृत समाजवादीका चिरन्जीवि शाहिले १२ सय ८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहिले ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याएकि छन् । त्यस्तै, माओवादी केन्द्रका सुरेश बहादुर रोकाया १२ सय १३ र स्वतन्त्र उम्मेदवार बिरसिं बिकले ४१ मत ल्याएका छन् ।

२०७४ को चुनावमा अहिले विजयी भएका नेपाली काँग्रेसका दुबै उम्मेदवारले पराजय भोगेका थिए ।