• ८ वैशाख २०८३, मङ्गलबार

ग्यास सिलिन्डर लिक भई घाइते भएकी जैसीको उपचारका क्रममा मृत्यु

blog

उपचारका क्रममा मृत्यु भएकी माया जैसी ।

वासुदेव शर्मा 

जाजरकोट, वैशाख ८ गते । जाजरकोटमा ग्यास सिलिन्डर लिक भई आगलागी भएकी माया जैसीको उपचारका क्रममा मृत्यु भएको छ । 

नलगाड नगरपालिका–२, छेप्का स्थित थालुप्रसाद जैसीकी ४२ वर्षीय श्रीमती माया जैसीको काठमाडौँस्थित वर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । 

नलगाड नगरपालिका–७, दल्ली नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते तिन जनालाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरिएको थियो । 

गत चैत २९ गते आइतबार बिहान खाना पकाउँदा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी हुदाँ ४२ वर्षीय श्रीमती माया जैसी, ३७ वर्षीय साली रूपा जैसी, २२ वर्षीय छोरा गणेश गौतम घाइते हुनुभएको थियो । 

परिवारको आर्थिक अवस्था कमजोर भएपछि तिन जनाको उपचार खर्च धान्न गाह्रो भएकाले युवाहरूले आर्थिक सङ्कलन गरेका थिए । अस्पताले औषधी उपचारमा प्रयास गरे पनि उहाँको मृत्यु भएको हो ।