जयकृष्ण यादव
इनरुवा, वैशाख ७ गते । सुनसरीको इनरुवामा जारी तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । चर्चित भुटानी र भारतीय कुस्तीवाजको रौनक भीडन्तसँगै प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो ।
सम्पन्न भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र दक्षिण कोरिया लगायत देशका कुस्तीवाजहरुको रोमान्चक प्रतिस्प्रधाले दर्शकहरु भिड लागेको थियो ।
पहिलो दिन १० समूहको खेल भएको थियो भने दोस्रो दिन आइतबार भएको खेलमा भुटानका चिमचिम डोगरा पहलबानले दुई भारतीय खेलाडीलाई पराजित गर्नुभएको थियो ।
डोगराले भारतीय कुस्ती खेलाडी संदिप राना र प्रदिप शास्त्रीलाई हराएर विजयी हासिल गर्नुभएको थियो । डा.बसन्त स्मृति योग समिति इनरुवा२ सुनसरीको आयोजनामा सञ्चालित कुस्ती सोमबार सम्पन्न भएको हो ।
अन्तिम दिनको खेलमा भुटान र दक्षिण कोरियाको दुई समूहको पुरुष खेल, भारत र भुटानको दुई समूहको खेल, नेपाल र भारतको महिला पाँच समूहको खेल, नेपाल र भारतको पुरुष तर्फ पाँच समूहका खेल गरी १४ वटा समूहमा कुस्ती सम्पन्न भएको छ ।
भुटान र दक्षिण कोरियाको दुई समूहको पुरुष खेलमा एक । एकमा दुवैदेशका खेलाडीले जित हासिल गरे । त्यसैगरी भारत र भुटाहाको दुई खेलमा एक । एकमा दुवैदेशका खेलाडीले जित हासिल गरे । नेपाल र भारतको महिला पाँच समूहको खेलमा तीन खेलमा नेपाल र दुईमा भारतले जित निकालेको थियो ।
नेपाल र भारतको पुरुष तर्फ पाँच समूहका खेलमा चार भारत र एक नेपाल समूहले जित हासिल गरेको आयोजक समितिका अध्यक्ष सत्यनारायण मेहताले जानकारी दिनुभयो । विजेता र उपविजेताहरुलाई नगद पुरस्कार प्रदान गरेको मेहताले जानकारी दिनुभयो ।