• ८ वैशाख २०८३, मङ्गलबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी मन्त्रिपरिषद् बैठक । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि बैठक सुरु भएको हो।

सरकारका प्रवक्ता व्यस्त रहनुभएका कारण आजको बैठकका निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलबाट निर्णय सार्वजनिक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।