• १३ साउन २०८१, आइतबार

भैरवी गाउँपालिकामा कांग्रेसकी रिता शाही विजयी

blog

कमल शर्मा
दैलेख, जेठ २ गते ।
दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएकी रिता शाहीले तीन हजार ९७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सर्बराज महताराले तीन हजार ९६० मत प्राप्त गरी उप विजेता बन्नुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै देबी भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ३७४ मत प्राप्त गर्दा उहाँको प्रतिद्वन्दी एमालेकी पदम कुमारी बिष्टले तीन हजार २७७ मत प्राप्त गरी उप विजेता बन्नुभएको थियो । अध्यक्षमा पराजीत महतारा जिल्ला समन्वय समिति सदस्य हुनुहुन्थीयो ।

विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यो गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा कांग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।