• ५ जेठ २०८१, शनिबार

सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी र उपाध्यक्षमा एमालेका रेउले

blog

नवनिर्वाचित अध्यक्ष रेग्मी र उपाध्यक्ष रेउले । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुम पूर्व, जेठ २ गते । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी  विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पछि पार्दै रेग्मी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । बस्नेतले ३ हजार ७०० मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेका गोपाल रेउले विजयी हुनुभएको छ । रेउलेले ३ हजार ७६१ मत ल्याएर जित हाँसिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदार आस्था विकले ३ हजार ४७४ मत प्राप्त गर्नुभएको छ । 

सिस्नेमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा सिस्नेमा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको थियो ।