दमक नगरपालिका र कमल गाँउपालिकाको मत परिणाम सार्वजनिक
विष्णुप्रसाद पोखरेलदमक, जेठ १ गते । झापाको दमकमा २ वटा वार्डको निर्वाचन मत परिणाम सार्वजनिक भएको छ । दमक १ मा नेकपा एमालेका प्यानल विजयी भएको छ भने दमक २ मा अध्यक्षमा गठबन्धनले जितेको हो ।दमक १ को वडाध्यक्ष हरी न्यौपाने र २ मा गठबन्धनको तर्फ उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका राजेन्द्र भण्डारी विजय हुनुभएको छ । नगर प्रमुखमा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली काँग्रेसकी रेगिना भट्टराईले अग्रता लिइरहनु भएको छ ।यसैगरी, झापाको कमल गाँउपालिकामा १ र २ मा गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरुले विजय हासिल गर्नुभएको छ । कमल १ मा केदार कट्वाल र २ मा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा वडाध्यक्षमा विजयी हुनुभएको हाे ।
काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता
काठमाडौं महानगरपालिकाको मतगणना गर्ने क्रम जारी छ।
भक्तपुरको दुई वडामा कांग्रेसको प्यानल विजयी
काठमाडौं, जेठ १ गते। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सिजन कार्की १२ सय २५ मतसहित विजयी हुनुभएको छ। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापा १२ मतले पराजित हुनुभयो। यसैगरी, नेकपा माओवादी केन्द्रका शिवहरि रोक्काले ६५, नेपाल मजदुर किसान पार्टीका चिनीकाजी अवालको ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक थापाको ३३१ र स्वतन्त्र उम्मेदवार भरतप्रसाद न्यौपानेको २२ मत प्राप्त भएको निर्वाचन अधिकृत कार्यालय, भक्तपुरले जनाएको छ।महिला सदस्यमा पनि कांग्रेसका मुना गुरुङ, दलित महिला सदस्यमा कांग्रेसका पुजा बर्ढेवा र अन्य दुई सदस्यमा पनि कांग्रेसकै गोविन्द श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ।मध्यपुर थिमी नगरपालिका-१ मा कांग्रेसका डंगोल विजयीभक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोल निर्वाचित हुनुभएको छ। सो पदमा नेकपा एमालेका कृष्ण गोपाल प्याठ भने करिब चार सय मतले पराजित हुनुभयो छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज कुमार बुढाथोकीको २२६, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीकुमार हेक्काको ४१ मत परेको छ। महिला सदस्यमा कांग्रेसका सरस्वती खड्का, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियार र सदस्यमा कांग्रेसका कान्छा राम द्वारे र नेकपा एमालेका श्याम कृष्ण प्रजापति निर्वाचित हुनुभएको छ।
स्थगित भएका ६ मतदान केन्द्रमा आज मतदान हुँदै
विभिन्न कारणले वैशाख ३० गते स्थगित भएका चार स्थानीय तहका ६ वटा मतदान केन्द्रमा आज आइतबार मतदान गरिएका छन् ।
छापको विषयमा विवाद भएपछि रोकिएको भरतपुरको मतगणना सुरु
छापको विषयमा विवाद हुँदा रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ।
कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता, वडा १, २, ३ मा विजयी
कीर्तिपुर, जेठ १ गते । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जन तेश्राे स्थानमा रहनुभएकाे छ । उपप्रमुखमा साेही पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ ।दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो । वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।
मतगणना कार्यलाई तोकिएको अवधिमा सम्पन्न गर्न आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १ गते । मतगणना कार्यमा ढिलाई भएको नागरिकस्तरबाट गुनासो भइरहेका बेला सो कार्यलाई अझ व्यवस्थित बनाई तोकिएको अवधिभित्र सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सरोकारवालासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । “स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्नेे, मतगणना कार्यमा खटिएका कर्मचारीहरुले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधन सहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर काम गर्न आग्रह गर्दछ” आयोगले भनेको छ, “छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ ।”स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनियतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय नबनाउन आयोगले आग्रह गरेको छ । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “सामान्य विषयलाई विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”आयोगको पूर्व योजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको भन्दै मतगणना निर्देशिकाको व्यवस्था, आयोगबाट दिइएको निर्देशन तथा विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जिज्ञासामा आयोगबाट गरिएको निर्णय समेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न आयोगले भनेको छ ।गणनामा ढिलाई भएको ठाउँमा नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरुलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउन आयोगले आग्रह गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
बराहताल गाउँपालिका तीन वडामा तीनै दलका एकएक वडाध्यक्ष विजयी
बराहताल गाउँपालिकामा तीन वडामा मतगणना सकिएको छ। निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार गाउँपालिकाका १० वडामध्ये अहिलेसम्म तीन वडामा मतगणना सकिएको हो।
गोदावरी–११ मा स्वतन्त्र उम्मेदवार बडैला विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी हुनुभएको छ । एक हजार ७० भोट प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । बडैलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवारलाई पछाडि पारेर वडा अध्यक्षमा बाजी मार्नुभयो ।
जुम्ला कनकासुन्दरी– ८ मा वडाध्यक्षसहित स्वतन्त्र दलित उम्मेदवार विजयी
नेत्र शाहीजुम्ला, जेठ १ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानले विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारिएको थियो । उहाँहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाउनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय ¥याली निकालिका छ ।संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व विना वडामा समृद्धि हुन नसक्ने भन्दै उहाँहरुले दलको टिकट नलिएर स्वतन्त्र रुपमा चुनावमा होमिनुभएको थियो । वडा अध्यक्ष पदका धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित हुनुभयो । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जित्नुभयो भने महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी हुनुभयो ।दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले दलित समुदायमा खुसियाली छाएको छ ।
ओखलढुङ्गामा २६ वडाको मत परिणाम सार्वजनिक
शेरबहादुर राईओखलढुङ्गा, जेठ १ गते । ओखलढुङ्गामा ७५ वटा वडामध्ये २६ वडाको मत परिमाण सार्वजनिक भएको छ । आईतबार दिउँसोसम्म २६ वडाको अन्तिम मत परिणाम आएको हो । प्राप्त जानकारी अनुसार १७ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । ६ वडामा भने नेकपा एमालेको तर्फका वडा अध्यक्षको उम्मेदवार विजयी हुनुभएको छ । यसैगरि, माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीले एउटा वडामा विजयी हासिल गर्नुभएको हो । कहाँ को विजयी ?चिशंखुगढी गाउँपालिकावडा नं. १ उषक कटुवाल, माओवादी केन्द्रवडा नं. ८ शुसिल जंग कार्की, नेकपा एमालेसिद्धिचरण नगरपालिकावडा नं. १ तिर्थ घिमिरे, नेपाली काँग्रेसवडा नं. २ बसन्त कटुवाल, माओवादी केन्द्रवडा नं. ११ विनोद ताम्राकार, नेपाली काँग्रेसवडा नं. १२ उमङ्ग श्रेष्ठ, नेपाली काँग्रेसमोलुङ गाउँपालिकावडा नं. २ टङ्क कार्की, नेपाली काँग्रेसवडा नं. ८ सुधिर राई, नेकपा एमालेवडा नं. ७ हेमबहादुर सुनुवार, नेकपा एमालेखिजीदेम्बा गाउँपालिकावडा नं. १ कुमार सुनुवार, जनता समाजवादी पार्टीवडा नं. ९ ङवाङफुरी शेर्पा, नेपाली काँग्रेसवडा नं. ३ टङ्क सुनुवार, नेपाली काँग्रेस वडा नं. २ सुरेन्द्र घिमिरे, नेपाली काँग्रेसवडा नं. ८ नगेन्द्र बस्नेत, नेपाली काँग्रेसलिखु गाउँपालिकावडा नं. १ हिरा कार्की, नेकपा एमालेवडा नं. ९ केशव ढुङ्गेल, नेकपा एमालेमानेभञ्ज्याङ्ग गाउँपालिकावडा नं.१ राजकुमार रुम्दाली, नेपाली काँग्रेस वडा नं. २ राममणि राई, नेपाली काँग्रेस वडा नं. ७ विष्णु प्रसाद गौतम, नेपाली काँग्रेस वडा नं. ८ भिम बलाम्पाकी मगर, नेपाली काँग्रेस वडा नं. ९ पुर्णबहादुर मगर, नेकपा एमालेसुनकोशी गाउँपापलिकावडा नं. १ प्रकाश सापकोटा, गठबन्धन नेपाली काँग्रेसचम्पादेवी गाउँपालिकावडा नं. १० रोहित प्रसाद ढुङ्गेल, नेपाली काँग्रेस वडा नं. १ कुलबहादुर श्रेष्ठ, नेपाली काँग्रेस वडा नं. ९ सुजन पौडेल, नेपाली काँग्रेस वडा नं. ८ खड्गबहादुर बराल, नेपाली काँग्रेस यस्तै, अन्य वडा तथा पालिकाहरुको धमाधम मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
ताप्लेजुङमा १९ वटा वडाको परिणाम सार्वजनिक
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङमा हालसम्म विभिन्न १९ वटा वडाको परिणाम (नतिजा) सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको परिणाम आउने क्रमसँगै जिल्लाका नौ स्थानीयका ६१ वडामध्ये अहिलेसम्म उक्त सङ्ख्यामा वडा तहको नजिता सार्वजनिक भएको हो । आइतबार दिउँसो १ः४० बजे सम्ममा सार्वजनिक भएको चुनावी परिणामअनुसार १० वटा वडामा विजयी हुँदै नेकपा एमालेले अग्रता लिएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले छ वटा र नेपाली काँग्रेसले चार वडामा विजयी हासिल गर्दै क्रमशः द्वितीय र तृतीय स्थानमा रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेको तर्फबाट मेरिङ्देन गाउँपालिका १ को वडाध्यक्षमा सविनकुमार चोङ्बाङ, वडा ५ मा जसमान केदेम, वडा ६ मा मनोजकुमार तुम्बाहाम्फे, सिदिङ्वा गाउँपालिका १ मा गोपाल बानिया, निर्वाचित हुनुभएको छ । यस्तै मिक्वाखोला गाउँपालिका १ मा राम फेम्सोहाङ लिम्बू र वडा २ मा झरेन्द्रप्रसाद थापा, पाथीभरा याङ्वरक गाउँपालिका १ मा दिलकुमार सुनुवार निर्वाचित हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका १ मा सिंहबहादुर इवारम, मैवाखोला गाउँपालिका ६ मा राजुमान थोप्रा र आठराई त्रिबेणी गाउँपालिका ४ मा अर्जुन आङ्बुहाङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसको तर्फबाट फुङ्लिङ नगरपालिका १ मा रुद्र मादेन, सिदिङ्वा गाउँपालिका ७ मा लक्षुमन तामाङ, मैवाखोला गाउँपालिका ४ मा फुर्वा शेर्पा र सिरिजङ्घा गाउँपालिका ८ मा कृष्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रको तर्फबाट फुङ्लिङ नगरपालिका १० मा सन्तोष नुगो लिम्बू र वडा ११ मा युवराज भट्टराई (योगेश) निर्वाचित हुनुभएको छ । त्यस्तै फक्ताङ्लुङ गाउँपालिका १ मा यज्ञप्रसाद लिम्बू र वडा २ मा भूपेन्द्र चौलागाईं, आठराई त्रिबेणी गाउँपालिका ५ मा लक्ष्मण राई र मैवाखोला गाउँपालिका ५ को वडाध्यक्षमा केशरकुमार लिम्बू निर्वाचित हुनुभएको छ । जिल्लाका सबै स्थानीय तहमा मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
म्याग्दीको मालिकामा मतगणना सम्पन्न : अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउँसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मी देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिन पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।
नेपालगञ्जमा गठबन्धनको फराकिलो अग्रता
बाँके समाचारदाताबाँके, जेठ १ गते । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनले अग्रता फराकिलो बनाएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मत प्राप्त गर्नुभएको हो । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपति दयाल मिश्राले ९६८ मत पाउनुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट जसपाका कमरुद्धिन राईले एक हजार ४४२, राप्रपाका विन्दु चर्ती मगरले एक हजार ८४ र नेकपा एमालेका शान्ति ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये वडा नम्बर २२ र २३ को गणना सकिएको छ । नेपालगञ्जमा ८१ हजार ७९४ मतदाता मध्ये ६१ हजार २०५ मत खसेको छ । कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ९६१, नेपाली काँग्रेसका पुर्ण आचार्यको ८११ र नेकपा एमालेका खिलप्रसाद भुसालको ८०९ मत आएको छ । राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले तीन हजार १९४, नेपाली काँग्रेसका तप्त पौडेलले दुई हजार ९७१ र नेकपा माओवादी केन्द्रका पट्टु थारुले एकहजार ५६१ मत प्राप्त गर्नुभएको हो ।यस्तै, जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले एक हजार २५७, जसपाका राजिवकुमार कर्मीको ७४१ र नेकपा एमालेका हिमांशु यादवले ४३० मत प्राप्त गर्नुभएको छ । डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका पप्पु चौधरीको ७७७, नेकपा एमालेका सरोजकुमारी यादवको ७०७ र जसपाका भण्डारीलाल यादवको २६८ मत आएको छ । खजुरा गाउँपालिकामा नेकपा एमालेका सुमन मल्लको दुई हजार ६७१, नेकपा माओवादी केन्द्रका डम्बर विकको दुईहजार २४४ मत प्राप्त भएको छ । नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने शनिबारदेखि नै मतगणना स्थगित भएको छ । विवादपछि गणना स्थगित भएकोमा नरैनापुरमा पुनः सञ्चालन गर्ने सहमति भएको छ । बाँकेका ८१ वटा वडामध्ये आईतबार दिउँसोसम्म ७ वडाको मत परिणाम सार्वजनिक भएकाे छ जसमा काँग्रेस, एमाले र जसपा २-२ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई, नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका जबर अलि बेहना, जानकी गाउँपालिका १ मा जसपाका मो. रजा राई, राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी र खजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी हुनुभएको छ ।
बर्दगोरिया–१ मा एमालेका गौतम प्यानलसहित विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का मिथुन गौतम प्यानलसहित विजयी हुनुभएको छ । ७९५ मत प्राप्त गरेर गौतम वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको छ । महिला सदस्यमा मीरा आलेमगर, दलित महिला सदस्यमा सरस्वती विक, सदस्यमा रामचन्द्र कठरिया र प्रकाश साउँद विजयी हुनुभएको छ ।
सर्केगार्ड गाउँपालिका १ को वडा अध्यक्षसहित नेकपा एमाले प्यानल विजयी
हुुम्ला समाचारदाताहुुम्ला, जेठ १ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ढ गाउँपालिका १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । आज भएको मतगणनाको अन्तिम परिणाममा वडा अध्यक्ष बल कार्कीसहित चार जना सदस्य निर्वाचित हुनुभएको हो ।सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीले अध्यक्षका उम्मेदवार कार्कीले ३३० मत प्राप्त गरेर विजयी भएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तारसिंह रावतबाट ५० मतको अन्तरले विजेता बन्नुभएको हो । रावतले २८० मत ल्याउनुभएको थियो । त्यसैगरी, नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार सुवास रावतले २१८ मत ल्याउनुभएको थियो । विजेता अन्य सदस्यहरुमा खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले रहनुभएको छ । हालसम्मकाे मतगणनामा एमालेको यो पहिलो जित हो ।
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै, स्थापित पछ्याँदै, सिंह तेस्राे
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको २१ सय ३९ मतसहित पहिलो स्यान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ११ सय ९९ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह एक हजार ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
मुगुमा मिश्रित चुनावी परिणाम
हरिकृष्ण ऐडीमुगु , जेठ १ गते । नेकपा एमाले ३ स्थानमा वडfध्यक्षसहितको प्यानल विजयी भएकाे छ । नेपाली काँग्रेसले हालसम्म २ स्थानमा वडाध्यक्षसहितको प्यानलले विजय हासिल गदै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा वडाfध्यक्ष विजयी हुँदै तेस्रोमा छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेको छैन । नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकाको वाडनम्वर २ मा प्रयोगलाल चौलागाईको प्यानल , १३ मा वीर बहादुर खड्काको प्यानल , मुगमकार्मारोङ गाउँ पालिकाको वडा नम्बर ९ मा रतन बहादुर बुढाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट छायाँनाथ रारा नगरपालिका १ मा पिआर मल्लको प्यानल विजयी हुनुभएको छ । खत्याड गाउँ पालिकामा नेकपा नेकपा माओवादी र नेपाली काँग्रेस को गठबन्धनबाट वडा नम्बर १मा वडा अध्यक्ष सिंहबहादुर बुढा र वडा नम्बर ११ मा रामकृष्ण कार्की विजयी हुनुभएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँ पालिकामा वैशाख ३० गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म निर्वाचन सम्पन्न भए खतापनि मतगणना भने आज आइतवार बिहान ९ बजे बाट मतगणना सुरु भएको छ । भनि साहायक निर्वाचन सोरु गाउँ पालिकाका निर्वाचन अधिकृत निर्वाचन कार्यालयका विमल आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार मतगणना ढिलो हुनुका कारण स्थानीय कार्यकर्ताबीच झगडा हुँदा समयमै मतगणना हुन नसकेको आचार्यले भन्नुभयो ।
बौदीकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजय हासिल गरेको छ । नेकपा एमालेका प्रकाश ओझाले तिन हजार नौ सय ७६ मत प्राप्त गरि पालिका प्रमुख मा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्क बहादुर (केवी) रानाले तिन हजार पाँच सय ४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारुले तिन हजार नौ सय ६२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी धनकान्ती घिमिरेले तिन हजार ५४ मत प्राप्त गर्नुभयो ।
पञ्चपुरीमा तीन वटा वडामा काँग्रेस र एक वडामा एमाले विजयी
मुना हमालसुर्खेत, जेठ १ गते । पञ्चपुरी नगरपालिकाको हालसम्म चार वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म मतगणना सम्पन्न भएका चार वटा वडा मध्य तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ भने एक वटा वडामा नेकपा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत नविन कुमार भट्टका अनुसार वडा नं १ मा नेकपा एमालेका कर्ण बहादुर थापा मगर विजयी हुनु भएको छ । उहाँले ४७९ मत ल्याएर विजयी हुनु भएकाले निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका यामबहादुर बिसी विजयी हुनु भएको छ । उहाँले ७२५ मत ल्याउनु भएको छ । वडा नं १० मा नेपाली काँग्रेसकै हरि प्रसाद ढकालले ६६१ मत ल्याएर विजयी हुनु भएको छ । वडा नं ११ मा पनि नेपाली काँग्रेसका धन बहादुर माँझिले ४९४ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ४ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी
राजु लामिछाने रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका ६ वटा वडा मध्य चार वडा वडामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सानीभेरीमा ११ वटा वडा रहेका छन् । १ नम्वरमा टेकबहादुरको टिम विजयीसानीभेरी गाउँपालिका वडा नम्बर १ नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुनुभएकोे छ । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा महिला सदस्य विमला बि. क. रोकाले ४६६, दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु कालो पुन र मंगले कामीले क्रमश ५३३ र ४९२ मात प्राप्त गर्नुभएको छ ।२ नम्वरमा पनि माओवादी प्यानल नै विजयीसानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नु भएको छ ।३ नम्वरमा जगदिशको टिम विजयीसानीभेरी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगदिश नकाल ९ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद ओलीले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ ।४ नम्वरमा काँग्रेसको जितसानीभेरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइँलीले ६ सय ७४ मत प्राप्त गरेर बिजय हात पार्दा माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसका भद्र बुढाले ६ सय ५१ मत र बिमल प्रकाश बुढाथोकीले ६ सय ८९ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खले बुढाले ३ सय ९९ र मदनदाश बिकले ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।५ नम्वरमा काँग्रेसकै नेतृत्ववडा नम्बर ५ मा नेपाली काँग्रेसको विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अलबहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओवादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ भने दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उहाँकी प्रतिद्वन्दी माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गर्नुभएको छ । सानीभेरी गाउँपालिका वडा नं ६ को मत परिणाम गाउँपालिकाको वडा नम्वर ६ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पहलसिं घर्ति मगरले १५५ मत ल्याएर निर्वाचित हुुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर कुसारीले १३२ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तरसानीभेरी गाउँपालिकाका पाँच वडा वडाको मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तर बनाएका छन् ।अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले तीन हजार सात र मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट काँग्रेसका गोरखप्रसाद चन्दले दुई हजार दुई सय २९ मत ल्याउनु भएको छ । त्यस्तै छाता चिन्हका उम्मेदवार मिम कुमार ओलीले ४० मत ल्याउनुभएको छ भने हलो चिन्हका उमेदवार टंकप्रकाश घर्तीले २७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका पुनले तीन हजार १२ मत ल्याउँदा काँग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले एक हजार पाँच सय ८९ मत ल्याउनु भएको छ ।
सुनसरीमा पाँच वडाको मत परिणाम सार्वजनिक
जयकृष्ण यादव इनरुवा, जेठ १ गते । सुनसरीका चार पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका १ वडामा नेपाली काँग्रसको प्यानल विजयी भएको हाे । दुहवी नगरपालिका १ मा र सीमावर्ती बर्जु गाउँपालिका १ मा नेकपा एमाले र सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ मा राप्रपाको प्यानल विजयी भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र भोक्राहा नरसिंह गाउँपालिका १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ । त्यसैगरी, सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल र ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित हुनुभएको छ । दुहबी नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।साथै, इनरुवा नगरपालिका १ मा नेपाली काँग्रेसको प्यानल र वडा अध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । बर्जु गाउँपालिका १ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङ ९१६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले ६८९ मत प्राप्त गर्नुभएको हो ।
सप्तरीको आठ वडाको मत परिणाम सार्वजनिक
ललिता साह बोदेबर्साईन( सप्तरी ), जेठ १ गते । सप्तरीको फरक फरक पालिका गरी आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सप्तरीको विभिन्न पालिकाको वडा अध्यक्ष निर्वाचित हुँदै गर्दा काँग्रेस दुई , जसपा तीन वडा अध्यक्ष, एमाले, लोसपा र जनमत पार्टी एक ÷ एक वडामा निर्वाचित हुनुभएकाे छ ।राजविराज नगरपालिका वडा नम्बर –१६ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामएकवाल यादवले विजय हासिल गर्नुभएको छ । त्यसैगरी सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ। काँग्रेसकै खुला सदस्यमा दिपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्। योसँगै सप्तरीमा आइतवार विहान सम्ममा काँग्रेस , एमाले, लोसपा , जसपा र जनमत गरी पाँच पार्टीले फरक फरक स्थानीय तहको वडाहरूमा जीत हात पारेका छन्।सप्तरीको १६ वटा स्थानीय तहमा भइरहेको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जनाउनुभयो ।एमालेका उम्मेदवार सबजुल खलिफाले छ सय ४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अछमितलाल चौधरीले पाँच सय ५० र जसपाका रामनारायण चौधरीले पाँच सय १४ मत ल्याउनुभएको छ । खुला सदस्यमा भने एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथ देबी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएकाे छ । यता खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह आठ सय ११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले छ सय ३८ मत ल्याउनुभएको छ । महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेबी राम तथा सदस्यहरूमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी हुनुभएकाे छ । खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याइ विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धर्मदेव साहले तीन सय ५९ मत प्राप्त गरेका हुन् ।कुल एक हजार चार सय ७५ मतको गणनापश्चात् नेपाली काँग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ। खुला सदस्यमा भने एमाले र जसपाले जित हात पारेका छन् । शम्भुनाथ नगरपालिकामा काँग्रेसका जिवछ साहले चार सय ७४ मत ल्याई वडा अध्यक्ष पदमा प्यानलसहित निर्वाचित हुनुभएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले तीन सय ७१ मत ल्याएका छन्। खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देबी राम विजयी हुनुभएकी छिन्। कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी हुनुभएको छ । यता हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई पार्टीका खाता खोल्नुभएको छ । विवादका कारण सप्तरीमा स्थगित दुई मतदना स्थलमध्ये आइतबार डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान हुँदैछ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान हुने कार्यालय प्रमुख जोशीले भनुभयो ।
म्याग्दीमा १८ वडाको मत परिणाम सार्वजनिक
अमृतप्रसाद पौडेलम्याग्दी, जेठ १ गते । म्याग्दीको छ वटै स्थानीय तहका ४५ मध्ये १८ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्राे र माओवादी केन्द्र तेस्राे भएका छन् ।जिल्ला निर्वाचन कार्यालय म्याग्दीका कम्प्युटर अपरेटर गोविन्दबहादुर थापामगरका अनुसार नेकपा एमालेले ११ वडा, नेपाली काँग्रेसले ५ वडा र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको हो । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका १, गुर्जामा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल र धौलागिरी गाउँपालिका २ लुलाङको वडा अध्यक्षमा नेकपा एमालेका अकप्रसाद बिकले ३३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको थापामगरले बताउनुभयो ।बेनी नगरपालिका १ मा नेकपा एमालेबाट अध्यक्ष टेकबहादुर थापाले ५३२ मत र बेनी नगरपालिका २ मा नेपाली काँग्रेसका यामबहादुर कार्की ८९८ मतसहित विजयी हुनुभएको छ ।साथै, पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका १ मा नेकपा एमालेका एकजित रोका १ हजार ११० मतसहित विजयी हुनुभएको छ भने २ मा नेकपा एमालेका धनबहादुर खातीले ९०० मत प्राप्त गर्नुभएको हो । मालिका गाउँपालिका १, निस्कोटमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा ४६२ मतसहित टङ्कप्रसाद पुन र वडा २ रुम मा एमालेका उदयकुमार बुढाथोकी ७५१ मतसहित विजयी हुनुभएको छ ।वडा नम्बर ३, रुम डाँडागाउँमा ३४५ मतसहित माओवादी केन्द्रका मोतीप्रसाद र ४ नम्बरमा नेपाली काँग्रेसका भेजेन्द्रमान पुनले ४२९ मत प्राप्त गर्नुभएको हो । ५ नम्बर वडामा ७८३ मत ल्याएर नेपाली काँग्रेसले वडा अध्यक्षमा मिम पुन र वडा नम्बर ६ दरवाङमा भने नेकपा एमालेका पथबहादुर रोका ५७४ सहित निर्वाचित हुनुभएको छ ।उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पछिल्लो नतिजा अनुसार वडा नम्बर १ मा नेपाली काँग्रेसका बिलबहादुर फगामी ४३२ मतसहित निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नम्बर २ मा अमृत भण्डारीले ७७३ र ३ मा नेकपा एमालेका खिमबहादुर शाही ८८६ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रघुगङ्गा गाउँपालिकाका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।त्यसैगरी, अन्नपूर्ण गाउँपालिका १, २ र ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा १ मा ३४१ मतसहित दिलीपकुमार गर्बुजा, वडा नम्बर २ भुरुङ तातोपानीमा ३२९ मतसहित ओमप्रसाद फागामी र वडा नम्बर ३ दानामा ५३४ मतसहित रमेश पुर्जा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ ।