• १३ साउन २०८१, आइतबार

बौदीकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी

blog

मीना कँडेल

कावासोती, जेठ १ गते । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजय हासिल गरेको छ ।  नेकपा एमालेका प्रकाश ओझाले तीन हजार नौ सय ७६ मत प्राप्त गरि पालिका प्रमुखमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्क बहादुर (केवी) रानाले तिन हजार पाँच सय ४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा  त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारुले तिन हजार नौ सय ६२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी धनकान्ती घिमिरेले तिन हजार ५४ मत प्राप्त गर्नुभयो  । 

यस अघिको निर्वाचनमा बौदीकाली गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडामा जित हात पारेको थियो । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार बौदीकाली २, ३ र ५ मा नेकपा एमालेले जित हात पारेको छ भने ४ र ६ मा काँग्रेसले जितेको छ । बौदीकाली २ मा नेकपा एमालेको श्याम सुन्दर श्रेष्ठको प्यानल विजयी भएका छन् भने बौदीकाली ३ मा नेकपा एमालेकै तेजबहादुर थापाको प्यानल विजयी भएको छ । बौदीकाली ४ मा नेपाली काँग्रेसका मनबहादुर सारु मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्ष सहित काँग्रेस प्यानल नै विजयी भएको छ ।

बौदीकाली ४ मा वडाध्यक्षमा काँग्रेसका मनबहादुर सारुले ८६८ मत प्राप्त गर्दा एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे । बौदीकाली ५ मा भने नेकपा एमालेको प्यानल नै वियजी भएका छ । बौदीकाली पाँचमा वडाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले ४६२ मत प्राप्त गरी जित हात पारेका हुन् भने नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर अस्लामी मगरले ३७४ मत ल्याए ।

 त्यसैगरी बौदीकाली गाउँपालिका ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । बौदीकाली ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खुमकुमार सारु मगर विजयी भएका हुन् । उनले ७२१ मत प्राप्त गरी जित हात पारेका हुन् । त्यसैगरी उनको निकटम् प्रतिद्वन्दी नेकपा एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे । यस अघिको स्थानीय तह निर्वाचनमा काँग्रेसले १, ३ र ४ नेकपा एमालेले २, ५ र ६ नम्बर वडा जितेको थियो ।

बौदीकाली गाउँपालिकामा ११ हजार ४९७ मतदाता रहेकोमा ७७६३ अर्थात ६७ दशमलब ५२ प्रतिशत मात्र मत खसेको थियो ।