• १६ चैत २०८०, शुक्रबार

जुम्ला कनकासुन्दरी– ८ मा वडाध्यक्षसहित स्वतन्त्र दलित उम्मेदवार विजयी

blog

जिल्लाको कनकासुन्दरी ८ का दलित समुदायले वडामा जितेपछि, तस्बिर – नेत्र शाही जुम्ला ।

नेत्र शाही

जुम्ला, जेठ १ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानले विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारिएको थियो । उहाँहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाउनुभएको थियो  । निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय ¥याली निकालिका छ ।

संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व विना वडामा समृद्धि हुन नसक्ने भन्दै उहाँहरुले दलको टिकट नलिएर स्वतन्त्र रुपमा चुनावमा होमिनुभएको थियो । वडा अध्यक्ष पदका धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित हुनुभयो । 

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जित्नुभयो भने महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी हुनुभयो ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले दलित समुदायमा खुसियाली छाएको छ ।