सिन्धुपाल्चाेकका चार वडामा काँग्रेस विजयी
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् ।
मतगणना सुरु भएका पालिकामा गठबन्धनको अग्रता
बागलुङको तीन स्थानीय तहमा मतगणना सुरू भएको छ । दश स्थानिय तह रहेको बागलुङमा तीन स्थानिय तह ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु गरिएको थियो ।
पाँचखाल– १३ मा मङ्गलबार पुनः मतदान हुने
केदार तिमल्सिना बनेपा, वैशाख ३१ गते । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा स्थगित भएको मतदान प्रक्रिया जेठ ३ गते मङ्गलबार पुनः सञ्चालन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय पाँचखालका अनुसार विवादका कारण नगरपालिकाको वडा नम्बर–१३ स्थित श्रीराम मावि मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पाँचखाल नगरपालिका–१ स्थित श्रीराम मावि क र ख मतदान केन्द्रको पुनः मतदान गर्ने गरी सूचना टाँस गरिएको बताउनुभयो । उहाँले मङ्गबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने तयारी गरिएको बताउनुभयो । विवाद भएपछि शुक्रबार नै सर्वदलीय बैठक राखेर मतदान सुचारु गर्न प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
मुस्ताङको लोमन्थाङमा एमाले विजयी
मुस्ताङको चीनसँग सीमाना जोडिएको लोमन्थाङ गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष जितेको छ ।
पूर्वी नवलपरासीको ६ वडामा काँग्रेसको प्यानल विजयी
पूर्वी नवलपरासीका ९२ वडा मध्य स्थानीय तहको निर्वाचनमा ६ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जस अनुसार नेपाली पूर्वीको प्यानल विजयी भएको छ ।
वीरगञ्ज महानगरपालिकाको मतगणना
मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाको मतगणना शनिबार दिउँसो सुरु भएको छ ।
बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने
सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
पोखरा महानगरको मतगणना
थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो ।
सल्यानका कपुरकोट गाउँपालिका–१ मा माओवादीका खड्का विजयी
सल्यान कपुरकोट गाउँपालिका–१ मा वडाअध्यक्ष पदमा गठबन्धनबाट चुनाव लडेका नेकपा (माओवादी केन्द्र)का बालाराम खड्का विजयी हुनुभएको छ ।
अछामका चार केन्द्रमा पुनः निर्वाचन हुने
दलहरुको विवादमा मतदान कार्य रोकिएको अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा पुनः मतदान हुने भएको छ ।
महोत्तरीको बर्दिवास–८ मा माओवादी विजयी
महोत्तरीको वर्दिवास नगरपालिकामा नेकपा माओवादीले मात्र ९ मतको झिनो अन्तरले पहिलो खाता खोलेको छ ।
भक्तपुरको तीन नगरमा काँग्रेस र एकमा नेमकिपाको अग्रता
भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन्।
तरुण दल अध्यक्ष साउद वडाध्यक्षमा निर्वाचित
पुष्कर भण्डारीडडेलधुरा, वैशाख ३१ गते।नेपाली कांग्रेस डडेलधुरा तरुण दल अध्यक्ष शेरबहादुर साउद वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसबाट नवदुर्गा गाउँपालिका–१ मा उम्मेदवार रहनु भएका उहाँ निर्वाचित हुनुभएको हो।५८४ मतसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय नवदुर्गाले जानकारी दिएको छ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवारले ४४१ मत प्राप्त गर्नुभएको छ।यस वडामा गएको निर्वाचनमा नेकपा एमालेले जितेको थियो।
सर्लाहीको अठार पालिकामा मतगणना जारी, दुईवटामा अन्यौलता
देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा २० स्थानीय तहमध्ये १८ वटामा मतगणना चलिरहेको छ । शनिबार अपरान्हसम्म बरहथवा नगरपालिका र कौडेना गाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् ।
डोटीका विभिन्न गाउँपालिकाका चार वडाको अन्तिम मतपरिणाम सार्वजनिक
डोटी जिल्लाका विभिन्न गाउँपालिकाका चार वटा वडाहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार विभिन्न तीनवटा वडामा नेकपा (एमाले) र एक वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
जुगल गाउँपालिका-१ मा कांग्रेस विजयी
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३१ गते। जुगल गाउँपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनक तामाङले ५८४ मत ल्याएर विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका कमल थापाले ५ मत अन्तरले पराजित हुनु भएको छ।जुगल गाउँपालिका-१ को मतगणनासम्म सो गाउँपालिकामा एमाओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ। गठबन्धनका रेशम स्याङबाले ९७५ र कांग्रेसका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले ८५९ मत ल्याएर अग्रता कायम राखेका छन्।
हेटौँडाका तीन वडामा कांग्रेसका उम्मेदवार विजयी
मकवानपुर जिल्ला शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको मतगणनामा वडामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ।
डोटीमा एमालेले खाता खोल्यो : प्यानलसहित वडाध्यक्ष विजयी
डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।
दैलेखमा काँग्रेस तीन, एमाले दुई र माओवादी एक वडामा विजयी
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडामध्ये छ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीन वडामा विजयी हुँदै पहिलो, नेकपा (एमाले) दुई वडामा विजयी हुँदै दोस्रो र एक वडामा विजयी हुँदै नेकपा (माओवादी केन्द्र)ले तेस्रो भएको छ ।
कीर्तिपुर नगरपालिकामा काँग्रेसको अग्रता
काठमाडौं, वैशाख ३१ गते । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । यस्तै वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी हुने निश्चित हुनुभएकाे छ । त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा स्थानीय निर्वाचन अन्तर्गतको मतगणना अनुसार दिउँसो २:१५ सम्ममा वडा नं. १ देखि ३ सम्मको गणना हुँदा नेपाली काँग्रेसको अग्रता छ । कीर्तिपुर वडा नंं १ मा काँग्रेसको नगर प्रमुखमा ५७०, उपप्रमुखमा ५४१ र वडा अध्यक्षमा ५६५ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेको प्रमुखमा ३५७, उपप्रमुखमा ४२३ र वडा अध्यक्षमा ३८६ मत खसेको छ । नेकपा माओवादी केन्द्रको नगर प्रमुखमा २००, उपप्रमुखमा १३५ र वडा अध्यक्षमा १५९ मत छ । नेकपा एकीकृत समाजवादीका प्रमुखमा २३, उपप्रमुखमा ३५, वडा अध्यक्षमा ३१ मतसहित चौथौ स्थानमा छ । वडा नं. २ मा प्रमुखमा काँग्रेसको ३९३, एमालेको ३७२ र माअोवादी केन्द्र २०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमला घिमिरेले बताउनुभयो ।उपप्रमुखमा काँग्रेसको ३८४, एमालेको ३९३ माओवादी केन्द्रको १९९ मत छ । वडा अध्यक्षमा काँग्रेसको ४०५, एमालेको ३८७ र माओवादी केन्द्रले १९० मत प्राप्त गरेको छ । कीर्तिपुर वडा नं. ३ मा प्रमुखमा काँग्रेसले ६५५, एमालेले ४०२, माओवादी केन्द्रले १०२, एकीकृत समाजवादीले २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मत प्राप्त गरेको घिमिरेले जानकारी दिनुभयो ।
डडेल्धुराको अमरगढी–१ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल कांग्रेसबाट उम्मेदवार बन्नुभएका वडा अध्यक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
उदयपुरमा मतपरिणाम आउन सुरु, दुई वडामा गठबन्धनको विजय
भोटराज राईउदयपुर, वैशाख ३१ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुईवटा वडामा गठबन्धनको जीत भएको छ । पालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरुले विजय हाँसिल गरेका हुन् । उदयपुरको मतगणनाको पहिलो जीत परिणाम लिम्चुङबुङबाट सुरु भएको हो ।वडा नं. ४ को वडाध्यक्षमा क्षत्र राई विजयी भएका छन् । जनता समाजवादी पार्टीका उनी वडामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग गठबन्धन गरी उठेका थिए । उनी जसपाको जिल्लाकै पहिलो विजयी उम्मेदवार पनि भएका छन् । उनले वडामा खसेको ९८७ मत मध्ये ४२८ मत प्राप्त गरेका थिए ।त्यसैगरी वडा नं= ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली काग्रेसका कविचन्द्र राई वसन्त विजयी भएका छन् । उनले वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् । जम्मा पाँचवटा वडा रहेको सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै अग्रता छ ।
स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो
वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।
डोटीमा एमालेको आधार इलाकामा कांग्रेसका उम्मेदवार विजयी
डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी हुनुभएको हो । विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ ।