• १० जेठ २०८१, बिहिबार

डोटीमा एमालेले खाता खोल्यो : प्यानलसहित वडाध्यक्ष विजयी

blog

केशवचन्द्र महरा
दिपायल, वैशाख ३१ गते।
डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै उमेदवार विजयी हुनुभएको छ।

 डोटीमा शनिबार मात्रै मतगणना गर्ने कार्य अगाडि बढेका कारण मत मरिणाम आउन ढिला भएको हो। अहिलेसम्म डोटीमा दुई वडाको मात्र मतपरिणाम आएको छ।