मतदान अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भयो : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएको बताउनु भएको छ।
२६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन सकेन
शुक्रबार देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।
कावासोतीमा १०३ वर्षीया वृद्धाले गर्नुभयो मतदान
मीना कंडेलकावासोती, वैशाख ३० गते। पूर्वी नवलपरासी कावासोती नगरपालिकामा ८ की १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कावासोती वडा नम्बर ८ की भागीरथी पराजुलीले ज्ञानोदय मावि केन्द्रबाट शुक्रबार मतदान गर्नुभएको हो।उहाँका नातीले ह्विलचियरमा राखेर भोट खसाल्न मतदान केन्द्रमा ल्याउनु भएको थियो। २०१५ सालको आम निर्वाचनदेखि उहाँले मत हाल्नुभएको हो। त्यतिबेला गुल्मीबाट मतदान गरेको उहाँका नातीले जानकारी दिनुभयो।नवलपुर जिल्लाका १३३ स्थानमा २९९ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो।अधिकारीले पानी परेका कारण केही समय मतदान रोकिएको भए पनि पुन सुचारु भएको र कुनै पनि स्थानमा मतदान नरोकिएको र अवरोध नभएको जानकारी दिनुभयो। सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदाताको सहभागी भएको उहाँले बताउनुभयो।जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको र कही कतै पनि कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। आठवटा स्थानीय तहका ९२ वटा वडा रहेको नवलपुरमा पुरुष एक लाख २१ हजार ३८ र एक लाख ३३ हजार पाँच सय ७३ महिला मतदाता छन्।
मतदानको समय सकियो : मतपेटिका संकलन सुरु (फोटो फिचर)
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तोकेको मतदानको समय सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो।
सिन्धुलीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान
सिन्धुली जिल्लाका सबै मतदान केन्द्रमा स्थानीय तह निर्वाचनअन्तर्गतको मतदान उत्साहपूवर्क सम्पन्न भएको छ ।
छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक
शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान
इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मीपुमा १११ वर्षीय ज्येष्ठ विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकारीले मतदान गर्नुभएको हो ।
शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान
निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ।
दाङमा ५६ प्रतिशत मत खस्यो
दाङमा ५६ प्रशितश मत खसेको छ । शुक्रबार दिउँसोसम्म जिल्लाका १० पालिकाका, ९९ वडामा ५६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
ओखलढुङ्गामा १२१ वर्षीय वृद्धद्वारा मतदान
ओखलढुङ्गामा १२१ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर निवासी १२१ वर्षीय वृद्ध जीतबहादुर तामाङले मतदान गर्नुभएको हो ।
स्थगितमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु
राजनीतिक दलहरुबीच भएको विवादका कारण मतदान स्थगित भएका काभ्रेका चार मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।
सुर्खेतमा भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित
सुर्खेमा एक्कासीिआएको भिषण हावाहुरीसहितको वर्षाका कारण मतदान प्रभावित भएको छ । सुर्खेतको पश्चिम क्षेत्रबाट प्रवेश गरेको हावाहुरीसहितको मौसमका कारण मतदान प्रभावित भएको हो ।
तिङ्करमा मतदान सकियो
व्याँस गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् ।
रसुवामा ६० प्रतिशत मतदान
वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।
बारामा ५५ प्रतिशत मतदान
बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।
हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो
हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ।
भक्तपुरमा ६५ प्रतिशत मत खस्यो
भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
हावाहुरीका कारण मधेश प्रदेशमा मतदान प्रभावित
मधेश प्रदेशको धनुषामा हावाहरी र वर्षाले केही मतदान स्थल प्रभावित बनेको छ । धनुषालगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र वर्षा भएको केही समयका लागि मतदान रोकिएको हो ।
सर्लाहीमा झडप भएको मतदान स्थलमा सेना खटाइयो
केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ।
किरिया पुत्री मतदानमा सहभागी
स्थानीय तह निर्वाचन प्रतिको उत्साह इलाम जिल्लाभर देखिएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । इलामको माइजोगमाई गाउँपालिका–१ मा बुबाको किरियामा बस्नु भएका तोयानाथ दाहाल र प्रेम दाहालले मतदान गर्नुभएको छ ।
काभ्रेका चार स्थानमा मतदान स्थगित
काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको छ। जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले एकलौटी रुपमा मतदान गरेको आरोप लगाउँदै एमालेका बुथ प्रतिनिधिमाथि हातपात गरेपछि मतदान रोकिएको हो।
पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्वारा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्वारा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गृहजिल्ला इलाम पुगेर मतदान गर्नुभएको छ ।
बाबुराम भट्टराईलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
काठमाडौं, वैशाख ३० गते। निर्वाचन अयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ। शुक्रबार स्थानीय तहको मतदान गर्दा भट्टराईले मतपत्र सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ।’’