• १४ असार २०८१, शुक्रबार

इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान

blog

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख ३० गते ।
इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मीपुमा १११ वर्षीय ज्येष्ठ विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकारीले मतदान गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार मतदान गर्नेमध्ये उहाँ जिल्लामा सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्छ । विक्रम संवत् १९६९ चैत १० गते जन्मनुभएकी अधिकारीले योसँगै आठ पटक मतदान गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘मेरो अन्तिम मतदान यही होला, जित्नेले गाउँको विकास गरुन ।’’

यस्तै, फाकफोकथुम गाउँपालिकामा १०२ वर्षीया जसरानी लिम्बुनीले मतदान गर्नुभएको छ  । फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रमा जसरानीले मतदान गर्नुभएको हो ।  १९७६ असार २ गते जन्मनुभएकी जसरानी जिल्लाको दोस्रो जेष्ठ नागरिक हुनुहुन्छ ।