• १२ वैशाख २०८१, बुधबार

हावाहुरीका कारण मधेश प्रदेशमा मतदान प्रभावित

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख ३० गते ।
मधेश प्रदेशको धनुषामा हावाहरी र वर्षाले केही मतदान स्थल प्रभावित बनेको छ । धनुषालगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र वर्षा भएको केही समयका लागि मतदान रोकिएको हो ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदान १२ बजेसम्म करिब ३५ प्रतशित मत खसेको थियो । तर, अचानक हावाहुरी र वर्षा हुँदा मतदातालाई जोगाउन पालमुनी राखिएको धनुषास्थित मिथिला नगरपालिका जनुमीवासमा रहेको आधारभूत विद्यालयका मतदान अधिकृत सुमितकुमार साहले जानकारी दिनुभयो ।