मुस्ताङकाे एमाले किल्लामा कांग्रेस र कांग्रेस गढमा एमाले विजयी
हिमालपारीको जिल्ला मुस्ताङमा नेकपा एमाले दुई र नेपाली काँग्रेसले एक स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका छन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ भने बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा कांग्रेसलाई हराउँदै एमालेले प्रवेश गरेको छ ।
चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी
तिलाचन पाण्डेतम्घास,वैशाख ३१ गते । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल सहित उहाँको प्यानलनै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याउनुभयो । खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ ।
मानेभञ्ज्याङ्ग–१ कांग्रेस र खिजिदेम्बा –१ वडामा जसपा प्यानल विजयी
ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका एकमा नेपाली कांग्रेस र खिजिदेम्बा गाउँपालिका एक वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी हुनुभएको छ । मानेभञ्ज्याङ्ग–१ मा काँग्रेस तर्फका राजकुमार रुम्दाली र खिजिदेम्बा–१ मा जसपा तर्फका वडा अध्यक्षका उम्मेदवार कुमार सुनुवारको प्यानल विजयी हुनुभएको हो ।
मतगणनास्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग
चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ ।
धुर्कोटमा मतगणना अनिश्चित
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन ।
विराटनगर महागरपालिकामा कांग्रेसको अग्रता
प्रदेश नं १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगर महानगरपालिको मेयर पदमा सत्ता गठवन्धनका नागेश कोइरालाले कांग्रेसले अग्रता लिनुभएको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार कोइरालाले २ सय ६९ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ । नेकपा एमालेका मेयर पदका उमेदवार सागरकुमार थापाले १ सय ८१ मत ल्याएर दोस्रो स्थानमा हुनुहन्छ ।
मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धन बिजयी
हिमाली जिल्ला मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर गुरुङले ८ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८ मत ल्याउनुभएको छ ।
प्रधानमन्त्री देउवाको गृह पालिकामा काँग्रेसको दोब्बर अग्रता
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली काँग्रेसले दोब्बर अग्रता बनाएको छ । मतगणना हुँदा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९, नेपाली काँग्रेस विपीका सुरेन्द्र मालीले ५६७ नेकपा एकीकृत समाजवादीका नर बहादुर बिष्टले १७८ र मत प्राप्त गर्नुभएको छ ।
लिमीका मत पेटिका आइतबार मात्र ढुवानी हुने
नाम्खा गाउँपालिका–६को हिमालपारीको गाउँ लिमीका मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएका छन् । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको ब्यवस्था हुन नसकेपछि आईतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएका हुन् ।
मलङ्गवा नगरपालिका १ को वडाध्यक्षमा काँग्रेसका यादव ११ मतले विजयी
जनार्जन खत्रीसर्लाही, वैशाख ३१ गते । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नवलकिशोर यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतको झिनो अन्तरले पराजित गर्दै यादव वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडामा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा निर्वाचित हुनुभएका नवलकिशोरले ४२३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी राजकिशोरले ४१२ मत ल्याउनुभएको छ । वडा नं. १ को मतगणना सकिँदा नगरप्रमुखमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका नागेन्द्र रायले ४५५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जसपाका निरसल साहले ३६६ मत ल्याउनुभएको छ । उपप्रमुखमा काँग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याउँदा जसपाकी पानोदेवीले ३७३ मत ल्याउनुभएको छ । मलङ्गवामा काँग्रेसले वडाध्यक्षमा चुनाव जित्दै खाता खोलेको हो । जिल्ला समन्वय समिति मलङ्गवाको सभा हलमा मतगणना जारी रहेको छ ।
माथागढीकाे वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी
रेखीराम रानापाल्पा, बैशाख ३१ गते । जिल्लाको माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । काङ्ग्रेसबाट माथागढीको वडा नं. ८ मा अध्यक्ष पदका उम्मेद्वार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्षका उम्मेद्वार नारायण सिंह ठाडाले ३०६ मत ल्याउनुभएको थियो । यस्तै खुल्ला सदस्यमा कांग्रेसकै उम्मेद्वार मनिराम ढेंगा, तिलबहादुर ढेंगा, दलित महिला सदस्यमा अम्विका विक, महिला सदस्यमा लालीसरा ढेंगा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु
पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।
दाङमा नेपाली काँग्रेसकाे विजयी सुरुवात
दाङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका रमेश भण्डारीसहित उहाँको प्यानल विजयी भएको हो ।
पाल्पाको माथागढीमा काँग्रेसका ढेंगामगर विजयी
काँग्रेसतर्फबाट वडा नं. ८ मा अध्यक्ष पदका उम्मेदवार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो ।
इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा गोली चल्यो
प्रेम अधिकारी पशुपतिनगर(इलाम), बैशाख ३१ गते । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित विरोध गर्न थालेपछि मतगणना रोकिएको थियो । उनीहरुले निर्वाचन अधिकृत र प्रहरी बिरुद्ध नाराबाजी गरिरहेपछि मतगणनास्थल अशान्त बनेको थियो । एक पक्षिय रुपमा मतगणना भएका गठबन्धन दलले आरोप लगाएका छन । इलामका प्रहरी प्मुख एसपी महेन्द्रकुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिनुभयो । मतगणना स्थल अगाडि धाँदली भएको भन्दै एक व्यक्ति अन्सनमा बस्नुभएको छ । निर्वाचन अधिकृत हरीबहादुर दाहालले भिड शान्त भएपछि दलहरुसँग छलफल गरिने जानकारी दिनुभयो । देउमाईमा मेयरका उम्मेद्धवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।
पर्वतमा मतगणना सुरु
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना सुरु भएको छ ।
सिन्धुपाल्चोकमा काँग्रेसले खाता खोल्यो
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३१ गते । सिन्धुपाल्चोकको १०३ वडामध्ये नेपाली काँग्रेसले बाह्रबिसे नगरपालिका–१ मा प्यानलसहित विजयी भएर खाता खोलेको छ ।बाह्रबिसे नगरपालिकाको १ घोर्थलीमा अध्यक्ष पदमा काँग्रेसका उम्मेद्वार आङदोर्जे शेर्पा ४१५ मत ल्याएर प्यानलसहित विजयी भएका छन् । उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजय भएका छन् । एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–काँग्रेसको झडपले लामो समय रोकिएको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः सुरु गरिएको थियो । सो वडामा ९२७ मतदातामध्ये भारी मत ल्याएर शेर्पा विजयी भएका छन् ।
जनकपुरधाम महानगरमा मतगणना सुरु
धनुषास्थित जनकपुरधाम उपमहानरपालिकामा मतगणना सुरु भएको छ । जनकपुरधास्थित निधि भवनमा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो ।
ताँजाकोट गाउँपालिका १ र ५ मा माओवादी केन्द्र बिजयी
राजन रावतहुुम्ला, वैशाख ३१ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र ५ मा नेकपा माओवादी केन्द्र पुुरै प्यानल सहित बिजेता भएको छ । ताँजाकोट गाउँपालिका लागि खटिनुुभएका सहायक निर्वाचन अधिकृत प्रेमबहादुुर सिंहका अनुुसार वडा नम्बर १ मा मनलाल रिठाल र ५ मा मंगल नेपालीको प्यानल नै निर्वाचित भएको छ ।वडा नम्बर १ रिठालले २२३ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँसँग एमालेका हिक्मतजङ खड्का पराजित हुुन भएको छ । उक्त वडामा ४५७ मत खसेको थियो । त्यसैगरि वडा नम्बर ५ को अध्यक्षमा नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएको हो । एमालेसँग रत्नलाल बुढा पराजित हुनुु भएको छ । उक्त वडामा ४८० मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
भरतपुर महानगरमा मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।शनिबार मध्याह्नदेखि महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवि भानु माविको केन्द्रबाट मतगणना सुरु भएको हो ।
बुलिङटार १ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी
मिना कँडेल, बैशाख ३१ गते नवलपुरको पहाडी गाउँपालिका बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।नेपाली कांग्रेस वडा नं १ का वडा अध्यक्ष पदका उम्मेद्वार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी हुनुभएको छ उहॉका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका उम्मेद्वार खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गर्नु भएको छ ।त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर , थमिसरा बिक, कान्त बहादुर आले, लाल बहादुर गरंजा बिजयी हुनुभएको छ। त्यस्तै गरी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार शशिकिरण बास्ताकोटीले ६४४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमाले अध्यक्षका उम्मेद्वार दिपेन्द्र सुनारी मगर ७४४ मत प्राप्त भएको छ ।
डोल्पाको ठूलिभेरीमा काँग्रेसका रोकाया वडा अध्यक्षमा निर्वाचित
डोल्पाको ठूलिभेरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्रबहादुर रोकाया विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रोकायाले १०७ मत ल्याएर विजयी हुनुभएको हो ।
घोराही उपमहानगरपालिकाको मतगणना सुरु
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको छ । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७ दशमलव ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सुर्खेतको पञ्चपुरीमा कांग्रेसको अग्रता
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिव १२०० मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।