• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवाको गृह पालिकामा काँग्रेसको दोब्बर अग्रता

blog

हिक्मत सिंह

डडेल्धुरा, बैशाख ३१ गते । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली काँग्रेसले दोब्बर अग्रता बनाएको छ । मतगणना हुँदा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९, नेपाली काँग्रेस विपीका सुरेन्द्र मालीले ५६७ नेकपा एकीकृत समाजवादीका नर बहादुर बिष्टले १७८ र  मत प्राप्त गर्नुभएको छ । 

यस्तै, उपाध्यक्षमा काँग्रेसका उमेदवार ज्ञानु सेटीले एक हजार २५७, नेकपा एमालेका उम्मेदवार इन्द्र महराले  ५८७ र नेकपा माओवादी केन्द्रबाट चन्द्र बहादुर मल्लले ३१२ मत प्राप्त गर्नुभएको छ ।

आलितालमा काँग्रेसको अग्रता, एमालेले पछ्याउँदै

डडेल्धुराको आलिताल गाउँपालिकामा काँग्रेले अग्रता कायमै राखेको छ । ८ सय मतगणना हुँदा नेपाली काँग्रेसका बलबहादुर गुरुङले २९७, नेकपा एमालेका मीन बोगटीले २७७, नेकपा माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र स्वतन्त्र उम्मेदवार टेक खड्काले ५९ मत प्राप्त गर्नुभएको छ ।