• २० वैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोकमा काँग्रेसले खाता खोल्यो

blog

बाह्रबिसे नगरपालिका–१ घोर्थलीमा बिजयी आङदोर्जे शेर्पा

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ३१ गते । सिन्धुपाल्चोकको १०३ वडामध्ये नेपाली काँग्रेसले बाह्रबिसे नगरपालिका–१ मा प्यानलसहित विजयी भएर खाता खोलेको छ ।

बाह्रबिसे नगरपालिकाको १ घोर्थलीमा अध्यक्ष पदमा काँग्रेसका उम्मेद्वार आङदोर्जे शेर्पा ४१५ मत ल्याएर प्यानलसहित विजयी भएका छन् । उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजय भएका छन् । 

एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–काँग्रेसको झडपले लामो समय रोकिएको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः सुरु गरिएको थियो । सो वडामा ९२७ मतदातामध्ये भारी मत ल्याएर शेर्पा विजयी भएका छन् ।