• ६ वैशाख २०८१, बिहिबार

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

blog

दाङ, वैशाख ३१ गते । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको जानकारी दिनुभएकाे छ । उपमहानगरमा  एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७ दशमलव ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच, जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ ।

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा (एमाले)बाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि  मतगणना गरिने जनाइएको छ ।