रमेश विश्वकर्मा
गुल्मी, चैत २२ गते। गुल्मीमा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न सातौं साधारणसभाबाट अध्यक्षमा पुनः पदमप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको हो।
जसको उपाध्यक्षमा रामचन्द्र पन्थी र सचिवमा जनार्दन घिमिरे निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा हिरा कुँवर, सहसचिवमा अनिल खत्री निर्वाचित हुनुभयो। पदाधिकारीसहित सिङ्गो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको बताइएको छ। सदस्यहरुमा भगवती श्रीस, कृष्णप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे, विष्णुप्रसाद भण्डारी, ठाकुरप्रसाद खनाल र मिनप्रसाद ज्ञवाली निर्वाचित हुनुभयो।
साधारणसभाबाट तीन जना सल्लाहकार सदस्यसमेत चयन गरेको छ। जसमा गोपालप्रसाद खनाल, श्यामकुमार पाण्डे र चिरञ्जीवी शर्मा हुनुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार नागरिक समाजसँग सहयकार्य गर्दै भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यसहित २०७५ फागुन ३ गते यस जिल्लामा स्थापाना गरिएको हो।
संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेका अनुसार यस संस्थाले स्थापना कालदेखि नै जिल्लामा भइरहेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह तथा बजेट कार्यान्वयनमा पारदर्शीता भए/नभएको विषयमा निगरानी गर्दै आएको छ।