• १४ वैशाख २०८१, शुक्रबार

पर्वतमा मतगणना सुरु

blog

गणेश पौडेल
पर्वत, वैशाख ३१ गते ।
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना सुरु भएको छ ।

पर्वतका दुई गाउँपालिकामा शनिबार बिहानदेखि र कुस्मा नगरपालिकासहित पाँच तहको मतगणना केही समय अघिदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिनुभयो ।

त्यस्तै, जलजला गाउँपालिकामा नेकपा (एमाले)का लालबहादुर अधिकारीले ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजु आचार्यले १९७ मत प्राप्त गर्नुभएको छ ।

जलजला गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार जगबहादुर रोकाको प्यानल नै विजयी भएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै, पैयूँ गाउँपालिकामा कांग्रेसका राजमल्ल ठकुरीले १५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिद्वन्द्वी महेन्द्र श्रेष्ठले १३२ मत प्राप्त गर्नुभएको छ ।

अन्य तहमध्ये फलेवास, कुश्मा, मोदी, बिहादी र महाशिलामा भर्खरै मात्र मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।