• ५ जेठ २०८१, शनिबार

डोल्पाको ठूलिभेरीमा काँग्रेसका रोकाया वडा अध्यक्षमा निर्वाचित

blog

विष्णुप्रसाद देवकोटा
डोल्पा, वैशाख ३१ गते ।
डोल्पाको ठूलिभेरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्रबहादुर रोकाया विजयी हुनुभएको छ ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रोकायाले १०७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार विरबहादुर रोकायाले ९६ मत ल्याउनुभएको हो । यसैगरी, त्रिपुरासुन्दरी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले)का रामचन्द्र कुलाल विजयी हुनुभएको छ ।

उहाँ प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज हमालले २२७  र काँग्रेसका राजिमान सार्कीले १७२ मत ल्याउनुभएको छ ।

यसैगरी, माओवादीको आधार इलाका मानिएको जगदुल्ला गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका शेरबहादुर लामा विजयी हुनुभएको छ ।

त्यस्तै, वडा नम्बर २ मा कांग्रेसका भानुभक्त बुढा, वडा नम्बर ३ मा एमालेका भक्तबहादुर बोहरा र वडा नम्बर ४ मा भीमप्रसाद बोहरा वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

जिल्ला निर्वाचन मुख्य अधिकृत केशवराज चपाईका अनुसार मुड्केचुला गाउँपालिकामा पनि मतगणना सुरु भइरहेको छ ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्द गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाका मतपेटिकाहरु नेपाली सेनाको  हेलिकोप्टेरमार्फत सदरमुकाम दुनैमा ल्याउने काम भइरहेको पनि मुख्य निर्वाचन अधिकृत चपाईले जानकारी दिनुभयो ।