• १६ चैत २०८०, शुक्रबार

मलङ्गवा नगरपालिका १ को वडाध्यक्षमा काँग्रेसका यादव ११ मतले विजयी

blog

जनार्जन खत्री

सर्लाही, वैशाख ३१ गते । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नवलकिशोर यादव विजयी हुनुभएको छ । 

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतको झिनो अन्तरले पराजित गर्दै यादव वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडामा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । 

वडाध्यक्षमा निर्वाचित हुनुभएका नवलकिशोरले ४२३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी राजकिशोरले ४१२ मत ल्याउनुभएको छ । वडा नं. १ को मतगणना सकिँदा नगरप्रमुखमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका नागेन्द्र रायले ४५५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जसपाका निरसल साहले ३६६ मत ल्याउनुभएको छ । 

उपप्रमुखमा काँग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याउँदा जसपाकी पानोदेवीले ३७३ मत ल्याउनुभएको छ । मलङ्गवामा काँग्रेसले वडाध्यक्षमा चुनाव जित्दै खाता खोलेको हो । जिल्ला समन्वय समिति मलङ्गवाको सभा हलमा मतगणना जारी रहेको छ ।