• २७ वैशाख २०८१, बिहिबार

पाल्पाको माथागढीमा काँग्रेसका ढेंगामगर विजयी

blog

रेखीराम राना
पाल्पा, वैशाख ३१ गते ।
जिल्लाको माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसतर्फबाट वडा नं. ८ मा अध्यक्ष पदका उम्मेदवार रहनुभएका दिलबहादुर ढेंगामगर ४१० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार नारायणसिंह ठाडाले ३०६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, खुल्ला सदस्यमा काँग्रेसबाट उम्मेदवार बन्नुभएका मनिराम ढेंगा, तिलबहादुर ढेंगा निर्वाचित हुनुभएको छ । यस्तै, दलित महिला सदस्यमा अम्विका विक, महिला सदस्यमा लालीसरा ढेंगा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रबार साँझबाट मतगणना सुरु भएको माथागढीमा वडा नं. १ मा भने एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।