• ३ जेठ २०७९, मङ्गलबार

बुलिङटार १ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

blog

मिना कँडेल, बैशाख  ३१ गते नवलपुरको पहाडी गाउँपालिका बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।

नेपाली कांग्रेस वडा नं १ का वडा अध्यक्ष पदका उम्मेद्वार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी हुनुभएको छ उहॉका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका उम्मेद्वार खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर , थमिसरा बिक, कान्त बहादुर आले, लाल बहादुर गरंजा बिजयी हुनुभएको छ। 

त्यस्तै गरी नेपाली कांग्रेसका अध्यक्ष  पदका उम्मेद्वार शशिकिरण बास्ताकोटीले ६४४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमाले अध्यक्षका उम्मेद्वार दिपेन्द्र सुनारी मगर ७४४ मत प्राप्त भएको छ ।