• ८ वैशाख २०८१, शनिबार

जनकपुरधाम महानगरमा मतगणना सुरु

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख ३१ गते ।
धनुषास्थित जनकपुरधाम उपमहानरपालिकामा मतगणना सुरु भएको छ । जनकपुरधास्थित निधि भवनमा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो ।

मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मदेवार मनोजकुमार साहको घण्टाघर चिह्नले अग्रता लिएको छ ।

जनकपुरधाम वडा नम्बर १ को सात सय मतगणना हुँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार घण्टाघर चिह्नका साहले २३२ मतले अग्रता पाउनुभएको हो ।

यस्तै, एमालेका शिवशंकर साह (हीरा) को सूर्य चिह्नमा ९५ मत प्राप्त गर्नुभएको छ भने अर्का स्वतन्त्र उम्मेदवार आँप चिह्नका बलराम महताले ५३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको साईक्ल चिह्नका मनोज चौधरीले ४१ मत, गठबन्धनका जनता समाजवादी पार्टी छाता चिह्नका उम्मेदवार लालकिशोर साहले ३४ मत र अर्का स्वतन्त्र उम्मेदवार लालटेन चिह्नका जानकीराम साहले २७ मत प्राप्त गर्नुभएको छ ।