• ७ वैशाख २०८१, शुक्रबार

ताँजाकोट गाउँपालिका १ र ५ मा माओवादी केन्द्र बिजयी

blog

राजन रावत

हुुम्ला, वैशाख ३१ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र ५ मा नेकपा माओवादी केन्द्र पुुरै प्यानल सहित बिजेता भएको छ । ताँजाकोट गाउँपालिका लागि खटिनुुभएका सहायक निर्वाचन अधिकृत प्रेमबहादुुर सिंहका अनुुसार वडा नम्बर १ मा मनलाल रिठाल र ५ मा मंगल नेपालीको प्यानल नै निर्वाचित भएको छ ।

वडा नम्बर १  रिठालले २२३ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँसँग एमालेका हिक्मतजङ खड्का पराजित हुुन भएको छ । उक्त वडामा ४५७ मत खसेको थियो । त्यसैगरि वडा नम्बर ५ को अध्यक्षमा नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएको हो । एमालेसँग रत्नलाल बुढा पराजित हुनुु भएको छ । उक्त वडामा ४८० मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।