बुटवलमा काँग्रेसका खेलराज पाण्डेको फराकिलो अग्रता
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ १ गते । रुपन्देहीका १६ स्थानीय तहमा मतगणना जारी छ । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिकाको वडा न १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । वडा न २ मा एकिकृत समाजवादीका सुनील शाक्य विजयी हुनुभएको छ ।शाक्य विजयी भएपछि अहिले बुटवलमा विजयी जुलुस निकालिएको छ । बुटवल उपमहानगरपालिकाको अगाडी समर्थकहरुले नाराबाजी गर्दै खुसीयाली साटिरहेका छन् ।त्यस्तै गरि रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको विजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धनले जीत हासिल गरेको हो । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी हुनुभएको हो ।उहाँले नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्नुभयो । थापाले २ हजार ३ सय ९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थापा २ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो यस्तै बुटवल उपमहानगरको नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिनुभएको छ । उहाँले ११ सयभन्दा बढीको मतान्तर बढाउनुभएको छ । ६ हजार १ सय ४९ मत गणना हुँदा पाण्डेयले २ हजार ८ सय १३ मत ल्याउनुभएको छ भने उहालाइ नेकपा एमालेका बाबुराम भट्टराईले १ हजार ६ सय ३१ मतसहित पछ्याउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८३२ मत ल्याउनुभएको छ । बुटवलमा वडा न ३ र १९ को मतगणना भैरहेको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारबिच कडा प्रतिस्पर्धा छ । पछिल्लो अपडेट अनुसार मेयरमा काँग्रेसका रामकृष्ण खाँण १३३१ मतका पाउनुभएको छ भने एमालेका मोहन चापागाईंले १३२४ मत पाउनुभएको छ ।उपमेयरमा भने एमालेकी उम्मेदवार जागेश्वरीदेवी चौधरी अगाडि हुनुहुन्छ । उहाँले १२०५ मत ल्याउदा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५७४ मत ल्याएउनुभयो । अहिले तिलोत्तमा १ र १७ को मत गणना भइरहेको छ।१६ पालिका रहेको रुपन्देहीमा १ उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । रुपन्देहीमा ७१ प्रतिशत मत खसेको थियो ।
जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी विजयी हुनु भएको छ । यसैगरी, घोडाघोडी नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रामदुलारे चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ८२६ मत प्राप्त गरेर उहाँ विजयी हुनु भएको हो । महिला सदस्यमा सुनिता चौधरी, दलित महिला सदस्यमा मातादेवी दमाई, सदस्यमा गोपुलदास डङ्गौरा र रामनाथ चौधरी विजयी हुनु भएको छ । यस्तै, टीकापुर नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका ऋषि विक विजयी हुनु भएको छ । सो वडामा वडा सदस्यमा दुई जना नेपाली काङ्ग्रेस र दुई जना माओवादीबाट विजयी हुनु भएको छ ।
सल्यानका २१ वडाको मत गणना सम्पन्नः कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी
प्रतीक शर्मासल्यान, जेठ १ गते । सल्यानका ८३ वडा मध्ये हालसम्म २१ वटा वडाको मत गणना सकिएको छ । मत गणना सम्पन्न भएका २२ वडा मध्ये १० कांग्रेस, ७ माओवादी र ४ वटा वडामा एमाले विजयी भएको छ ।कांग्रेस विजयी हुने वडाहरुमा शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी रहनुभएको छ । त्यसैगरी बागचौर नगरपालिकाको वडा नम्बर १२ मा टिकाराम ओली, ११ मा केश बहादुर भण्डारी, बनगाड कुपिण्डे १ मा थुम बहादुर बिसी, १२ मा लाल बहादुर घर्ती, छत्रेश्वरी १ मा प्रकाश हमाल, त्रिवेणी १ मा दल बहादुर बस्नेत र कुमाख २ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।त्यसैगरी माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कुमाख १ मा डिल्ली राना, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, दार्मा १ मा टंक ओली, सिद्ध कुमाख १ मा रमेश चलाउने, छत्रेश्वरी २ मा प्रेम नेपाली र कपुरकोट १ मा बालाराम खड्का रहनु भएको छ । त्यस्तै एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कालीमाटी ४ मा बेल बहादुर चन्द, ५ मा टोप बहादुर कार्की, त्रिवेणी २ मा हस्त बहादुर राम्जा र कपुरकोट २ मा इश्वरी बुढा रहनु भएको छ ।
काभ्रेका सत्र वटा वडाको नतिजा सार्वजनिक
केदार तिमल्सिना बनेपा, जेठ १ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म काभ्रेका सत्र वटा वडाको नतिजा सार्वजनिक भएको छ । आइतबार बिहान ११ बजेसम्म जिल्लाका १३५ वटा वडामध्ये १३ वटा वडाको नतिजा सार्वजनिक भएको हो । आईतबार बिहान ११ बजेसम्म जिल्लाको खानीखोला गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी हुनुभएको छ । यसैगरि जिल्लाको नमोबुद्ध नगरपालिका–१ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रेम लामा, मण्डनदेउपुर नगरपालिका–१ मा एमालेका शिव ढकाल, वडा नम्बर २ मा नेपाली काँग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको हो । त्यसैगरी जिल्लाको चौरीदेउराली गाउँपालिका–१ मा नेपाली काँग्रेसका सुनिलकुमार लामा, रोशी गाउँपालिका–१ को वडा अध्यक्षमा एमालेका श्रीदास लामा, बनेपा नगरपालिका–१ मा एमालेका कमलप्रसाद घिमिरे, वडा नम्बर २ मा नेपाली काँग्रेसका रामप्रसाद घिमिरे निर्वाचित हुनु भएको हो ।जिल्लाको बेथानचोक गाउँपालिका–१ मा काँग्रेसका मधुसूदन तिमल्सिना, धुलिखेल नगरपालिका–१ मा नेपाली काँग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य विजयी हुनुभएको छ । त्यस्तै महाभारत गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा, भुम्लु गाउँपालिका–१ मा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नम्बर २ मा नेपाली काँग्रेसका सुजन भण्डारी र वडा नम्बर ३ मा एमालेका ज्ञान बहादुर तामाङ, पनौती नगरपालिका–२मा एमालेका पुरुषोत्तम अधिकारी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान ११ बजेसम्म सार्वजनिक भएको वडाको नतिजा अनुसार सात वटा वडामा एमाले, छ वडामा नेपाली काँग्रेस, एक वडामा स्वतन्त्र, तीन वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष विजयी भएका हुन् ।
मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा श्रेष्ठ वडाध्यक्षमा निर्वाचित
हरि काेइरालाउर्लाबारी, जेठ १ गते । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. २ मा २४ वर्षीय बलबहादुर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडामा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका श्रेष्ठको नै प्यानल विजयी भएको छ । उहाँ नेपालको कान्छो वडाध्यक्ष बन्न सक्ने निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठले बताउनु भयो । श्रेष्ठले ७६१, खुल्ला सदस्य रेवत खड्काको ५५४खुल्ला सदस्य हेमराज कटुवालको ५७०, महिला सदस्य उषा राइको ५४३ साथै दलित महिला सदस्य शर्मिला विकको ५४८ मत प्राप्त भएको छ । मिक्लाजुङ वडा नं. २ मा २०५४ को स्थानीय निकायको निर्वाचनमा र २०७४ को निर्वाचन तह निर्वाचनमा विजयी बन्नुभएका गौरीप्रसाद राईलाई हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो । राई एमालेका तर्फबाट उमेद्वार बन्नुभएको थियो । यस्तै वार्ड नम्बर १ मा पनि नेपाली काँग्रेसका उमेद्वार पर्वत राई सहित उहाँको प्यानल विजयी भएको छ । त्यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गठबन्धन भएको थियो । कम्युनिष्ट गठबन्धनलाई २५३ मतान्तरले हराउँदै पर्वत राई वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । वडाध्यक्षमा विजयी पर्वत राइले ९२९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी उमेश राईले ७०२ मत प्रात गर्नुभयो । त्यस्तै खुल्ला सदस्य तर्फ कांग्रेसका पासाङ तामाङले ९०८.,टेकबहादुर राईले ९०७ मत, महिला सदस्य लोकमाया राइले ९११ मत र दलित महिला सदस्य कल्पना घिमिरेले ९२२ मत प्राप्त गर्नुभयो । कम्युनिष्ट पार्टीको आधार क्षेत्र मानिएको मिक्लाजुङ १ उत्तर पूर्वी मोरङको पाँचथर र इलामसँग जोडिएको तत्कालीन रमितेखोला गाविस हो । यताँग्रेसले वडा नं. १ मा बहुमत सदस्य जितेका छन् । वडा नं. ७ मा एमालेका तर्फबाट मोहनप्रसाद अधिकारी १३ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेसका अमृत चेम्जाङले १ हजार ९० मत प्राप्त गर्नुभयो । वडा सदस्यमा जीवन सुब्बा १३ सय मत, जितेन्द्र लिम्बूले १२ यि ८२ मत,महिला सदस्य पदमकुमारी कार्कीले १४ सय ९ मत,दलित महिला सदस्य रुविना ताम्राकार बिकले १३ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । वडा नं १ मा नेपाली काँग्रेसका रत्नबहादुर कार्कीले ११ सय ८ मत प्राप्त गरी विजयी हुनुभयो । कार्कीका निकटतम प्रतिद्वन्द्वी तोर्ण कार्कीले ८५२ मत प्राप्त गर्नुभयो । वडा नं .१ मा महिला सदस्य नेपाली काँग्रेसकी विमला बुढाथोकी ९०४ मत र खुला सदस्य दीपेशकुमार थापाले ८९७ मत प्राप्त गरी विजयी हुनुभयो । दलित महिला सदस्यमा एमालेकी तुलसादेवी नेपाली ९०० मत र खुला सदस्य पहिलो रामजी भण्डारी ९४३ मत ल्याएर विजयी हुनुभयो ।
गुल्मीमा पहिलो महिला वडाध्यक्ष
गुल्मीमै पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी भुमा गुरुङ निर्वाचित हुनुभएको छ ।
धुर्कोट १ मा माओवादीका चेतमान विजयी
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका चेतमान कुँवरको प्यानल विजयी भएको छ । उहाँले एक हजार सात मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल थापाले ५६२ मत प्राप्त गर्नुभएको छ ।
मटिहानी नगरपालिकामा लोसपाको पहिलो खाता खुल्यो , मेयरमा लोसपाको अग्रता
महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेका छन् । शनिबार दिउँसो देखि शुरु भएको मतगणना परिणामा अनुसार लोसपा नेपालले मटिहानी नगरपालिका वडा नं. १ मा प्यानल सहितै वडा अध्यक्ष पदमा विजयी भएका हुन् । लोसपा नेपालका शिवशंकर कुमार राय ३७८ मत ल्याइ विजयी हुनुभएको छ ।
म्याग्दे–३ मा एमालेका अधिकारी विजयी
अमरराज नहर्की तनहुँ, जेठ १ गते । तनहुँको म्याग्दे गाउँपालिका वडा ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ६६१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बलराम भट्टराई ५८७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा काँग्रेसकी जानकी थापा, दलित महिला सदस्यमा एमालेकी सुनीता नेपाली विजयी हुनुभयो । खुला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरे तथा एमालेका प्रकाश घिमिरे विजयी हुनुभएको छ । यसअघि सो वडामा काँग्रेसका श्रीबहादुर थापा विजयी हुनुभएको थियो ।
सात वटा स्थानीय तहमध्ये एकमा जित तीनमा काँग्रेस अगाडि
यहाँका सात वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित चार वटा वडामा विजयी हाँसिल गरेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
सुन्दरबजार नगरपालिका १ मा एमालेबाट गुरुङ विजयी
बेलिना थापालमजुङ, जेठ १ गते । नेकपा (एमाले) लमजुङ सुन्दरबजार नगरपालिका १ को वडाध्यक्षमा विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार कर्णबहादुर गुरुङले ४ सय ४६ मत ल्याएर आगामी ५ बर्षका लागि वडाध्यक्ष जित्नुभएको हो । प्रतिस्पर्धी माओवादी केन्द्रका सन्तोषी गौलीले ३ सय ५५ मत ल्याउनुभएको छ । महिला वडा सदस्यमा एमालेकी राधा मल्लले ४ सय १५ मत, दलित महिला सदस्यमा एमालेकै शर्मिला ठडराईले ४ सय १२ मत, खुला सदस्यमा कांग्रेसका नीलकण्ठ अधिकारीले ३ सय ८५ मत र एमालेका दिपेन्द्र बसौलाले ४ सय ३९ मत ल्याएर विजयी हुनुभयो ।
वडाध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता
अविनाश चौधरीधनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो । यसैगरी, गोदावरी नगरपालिका –१२ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका भीम खड्का विजयी हुनुभएको छ । ८७९ मत प्राप्त गरेर उहाँ प्यानलसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर पुनले ६७५ मत प्राप्त गर्नुभयो ।
अजयमेरु गाउँपालिका–१ र ६ मा कांग्रेसका उम्मेदवार भण्डारीद्वय विजयी
अमयमेरु गाउँपालिका वडा–१ र ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. १ मा दत्ति भण्डारी पुनः निर्वाचित हुनुभएको हो । भण्डारी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
ताराखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विक विजयी
बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धन का तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी हुनुभएको छ । विकले स्वतन्त्र उम्मेदवार प्रकास घर्तीलाई १९५ मतान्तरले पराजित गर्दै विजय हुनुभएको हो ।
घोराही उपमहानगरमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । आइतवार विहानसम्म घोराही उपमहानगरपालिकाका ६ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउँदै लग्नुभएको छ ।
जनकपुरधाम–१ मा काँग्रेसको प्यानल विजयी
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शनिबार अबेर राति सम्पन्न भएको मतगणनाबाट ११४३ मत प्राप्त गरी वडाध्यक्षमा दीपनारायण यादव विजयी हुनुभएको हो ।
धादिङका १२ वटा वडाको नतिजा सार्वजनिक
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ । मतगणना भएको पालिका अन्तर्गत हाल सम्म १२ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ ।
सिमकोट गाउँपालिका २ को वडाध्यक्षमा काँग्रेसका बोहोरा विजयी
सिमकोट गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवजङ्ग बोहरा विजयी हुनु भएको छ । उहाँ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचित हुनु भएको हो ।
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको छ ।
रेसुंगा नगरप्रमुखमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर निर्वाचित
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो ।
सुस्त गणना: महानगरको नतिजा आउन समय लाग्ने
देशभर अधिकांश स्थानीय तहमा सम्पन निर्वाचनको मतगणना कार्य अहिले जारी छ।
उम्मेदवारको खर्चमा कमी
स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले गर्ने खर्चमा कमी आएको छ । निर्वाचनको प्रचार प्रसारका क्रममा प्रयोग गरिने विभिन्न खाले प्रचार सामग्रीमाथि बन्देज लगाएपछि खर्च कम भएको हो । हुन त कतिपय उम्मेदवारले रकम दिएर र भोज खुवाएर मतदातालाई आकर्षित गरेका समाचार पनि सार्वजनिक भएका छन् ।
गुल्मीदरवार गाउँपालिका अध्यक्षमा कांग्रेसका थापा निर्वाचित
गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।
कैलारी १ मा कांग्रेसका बोहरासहित प्यानल विजयी
कैलालीको कैलारी गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वजहरिपाल बोहरा प्यानलसहित विजयी हुनु भएको छ ।